भिडियो

कुलमानको सम,र्थनमा प्र,दर्शन : ब,ब्लुलाई नि,र्घात कु,ट्ने प्र,हरी अधिकृ,तमाथि छानविन शुरु (कुटेको भा,इरल भिडियो सहित)

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि नि,र्घात कु,टपिट भयो । इन्स,पेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मु,क्काले हानेर झ,म्टीझम्टी कु,टेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ ।

कुलमान घिसिङको पक्षमा शा,न्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्ड,ला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कु,टेका हुन् । बिहीबार ब,ब्लुलाई कु,टपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘कु,टपिटको घट,नामा हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल प्र,हरीका प्रवक्ता (एसएसपी) कुवेर कडायतले रातोपाटीसँग भने, ‘छानविनका लागि महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएका छौँ, दोषी देखिए कारवाही हुन्छ ।’

आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर लाठी, बुट र हातले कुटे,को बब्लु गुप्ताले रातोपाटीलाई बताए ।

‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरा नै नगरी हामीलाई कुटेर भ्यानमा हाल्यो’ गुप्ताले भने–‘मलाई अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो ।’

बब्लुका साथीले फोन गरेर घटनाको जानकारी गराएपछि तत्काल आफुले उनलाई रिहा गर्न आदेश दिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेल ।

ह,न्ड्रेड्स (१००) ग्रुप मार्फत बब्लुले निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । ‘शरीरमा एकसरो कपडा नहुनेहरुका लागी मैले ‘कपडा बैङ्क’को शुरुवात गरेको छु,’ ब,ब्लुले भने ।

सामाजिक सञ्जालमा अमानवीय तरिकाले भिडियो भाइरल भएपछि ट्वीटर प्रयोगकर्ता वीरेन्द्र चन्दले प्रश्न गरेका छन्, ‘सार्वजनिक स्थलमै यसरी कु,ट्ने प्र,हरीले भित्र लगेर के गर्छ ?’ रातोपाटीबाट

सार्वजनिक स्थलमै यसरी कुट्ने प्रहरीले भित्र लगेर के गर्छ? भिडियो हेर्न येहा किलिक गर्नुहोस

Related Articles

Back to top button
Close