समाचार

यतिका दिनपछि पुष्पा अधिकारीको काखमा शिशु, हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । केहि दिन अगाडि सानी ४ बर्षकि नानीले आफनो बर्ष दिन पनि नपुगेकाे भाइलाइ काखमा लिएर खेलाइरहेकाे भिडियो भाइरल भएको थियो ।

बच्चा जन्माउने क्रममा बिरामी परेकि आमाकाे पैसाकाे अभावमा राम्रोसँग उपचार गर्न नसकेपछि सुत्केरीमा छोरा जन्माएर श्रीमान सहित प्यारी छोरीलाइ छाडेर परलोक भइन ।

त्यसपछि श्रीमान बीरबहादुर माझी एक्लिए । बीरबहादुरले दिनमा काम नगरि बेलुकि खाना घरमा पाक्दैन थियो ।

यसैक्रममा बीरबहादुरले पेङ्टिङ्ग कामका लागि जाने र घरमा ४ बर्षकि छोरी शितलले भाइ हेर्ने, तरकारी काट्ने, भाँडा माझ्ने, भाइकाे कपडाहरू समेत धुने जस्ता एक परिपक्व महिलाले जस्तै काम गरेकिछिन् ।

आमा नभएपछि एक्लिएकि शितलले सकेकाे भन्दा धेरै घरकाे काम र भाइकाे स्यहारसुसार गरेकाे भिडियोले नेपालीहरूकाे मन अवस्य छोएकाे हुनुपर्छ ।

यसै क्रममा केहि समय अगाडि बिवादित बनेकि बाल केयर होमकि सञ्चालिका पुष्पा अधिकारीले भिडियो हेरेर मन थाम्नै सकिनन् । कतिबेला जाने होला भनेर मनमा अशान्ति भयो र केहि पत्रकारहरू लगायत सामाजिक अभियान्ता सिर्जना वाग्ले सहितकाे टोली लिएर सानी नानी शितलकाे निवासमा केहि सहयोग सहित पुगेकि छिन् ।

४ बर्षकि शितलले गरेकाे सबै काम अति नै मन छुने भएको र यतिबेला आफुसँग केहि कारणहरूले गर्दा घरका नानीहरू सरकार लगायतका सँस्थाहरूले लगेपछि एक्लिएकि पुष्पा अधिकारीले उनकाे मन छुने कार्यशैली देखेपछि आफुसँग भएकाे केहि सहयोग लिएर गएकि थिइन ।

Related Articles

Back to top button
Close