समाचार

कुलमानले प्राधिकरण छाडेको हप्तादिन नबित्दै उर्जामन्त्रीले नै लोडसेडिङबारे मुख खोलेः दिए यस्तो जानकारी, उठ्यो गम्भीर प्रश्न !

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले सूचना विना लोडसेडिङ भए खबर गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको हो ।

पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुक मार्फत जानकारी दिएका छन्।

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको समेत उनले उल्लेख गरेका छन्।

ुयदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छु, भट्टले फेसबुकमा लेखेका छन्।

यस्तो छ भट्टको फेसबुक स्टाटसःः

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के। भी। प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो । त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो । यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छ । सम्पर्कका लागि मन्त्रीज्यूको सचिवालयको हटलाइन नम्बर–११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button
Close