समाचार

वडाध्यक्षकी श्री’मतीसँग याै*न स’म्बन्ध राख्ने अधिकृत प’क्राउ

जुद्ध चौधरी, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मालपोत कार्यालय बेलौरीका शाखा अधिकृत अर्काकी श्रीमतीसँग याै*न स’म्बन्ध राखेको आ’रोपमा प’क्राउ परेका छन्। शाखा अधिकृत भोजराज ऐडी बेलौरी नगर पालिका–४ का वडा ध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मासँग लामो समय देखि अ’वैध सम्बन्ध राखेको आ’रोपमा प’क्राउ परेका हुन्।

सञ्जु ढकालका श्रीमान अर्जुन ढकालले इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएपछि प्रहरीले उनीहरूलाई बुधबार हि’रास’तमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा सोधपुछ गर्दा दुवैले आफूहरू बीच अ’वैध सम्बन्ध रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि दुवैलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनु भयो।

अहिले दुवैजना इलाका प्रहरी कार्यालय बेलौरीको नि’यन्त्रणमा रहेका छन् । प्रहरीले उनीहरुलाई बुधबार नि’य न्त्रणमा राखेको थियो । शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिला सञ्जुका दुई छोरा रहेका छन् । शाखा अधिकृत ऐडिलाई केही साता अघि प्रकृया मिचेरै मन्त्री मगरले उपसचिवको दरबन्दी हुँदा हुँदै बेलौरी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको सट्टामा सरुवा गरेको आ’रोप लागेको थियो । नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको वि’वाद बढेपछि ऐडीको बैतडी सरुवा भएको थियो ।

Related Articles

Close