समाचार

चितवन मा रुहाउने खवर :

तिब्रगतीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गयो सुन बहादुरको, एक जना घाइते

चितवन-ईच्छाकामना गाउँपालिका-६ स्थित सडकमा ग।५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोरखा शहीदलखन गाउँपालिका-५ बस्ने ४५ वर्षीय सुन बहादुर मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका(५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भईरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close