समाचार

अन्तत : नेपाली भुमी लिपुलेक सहित नक्सामा ओलिको ब्याक : आफैले दिएको आदेश लाइ काम रोक्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्र,मण गरेका क्षेत्र समेटिएको पुस्तक वितरण नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई पुस्तक वितरण न,गर्न निर्देशन दिएका एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए ।

पा,ठ्यक्रम विकास केन्द्रले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाइ नगर्न प्रधानमन्त्रीले निर्दे,शन दिएका हुन् ।

नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको थियो ।

सरकारले गरेको निर्णय, संसदले गरेको अनुमोदन र संविधानको अनुसूचीमासमेत समेटिएको कुरा प्रधानमन्त्री ओलीले रोक लगाएको प्रति विभिन्न सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमले नेपालले आफ्नो क्षेत्र समावेश गरेर पुस्तक तयार गरेपछि आपत्ति जनाएका थिए । भारत सरकारले पनि कुटनीतिक माध्यमबाट आपत्ति जनाएको स्रोतको दावी छ । भारतीय दबाबमा ओलीले यस्तो निर्णय गरेको हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।

हेर्नुस् प्रधानमन्त्रीले छपाइ र वितरणमा रोक लगाएको पुस्तक

यो लिन्क खोलेर हेर्नुहोस

source:nagarikkhabar

Related Articles

Back to top button
Close