समाचार

१९ बर्षिया युवती ‘मन्दिर नखुले अनिष्ट हुन्छ’ भन्दै यसरी ढ’लिन्, दुर्गा मन्दिरमा भयो यस्तो अचम्म (भिडियो हेर्नुस्)

काठमाडौ । कोरोना फैलन नदिन भन्दै सरकारले अहिले मुलुकभरका धार्मीक स्थल बन्द गरेको छ । भिडभाड हुने धार्मीक कार्यक्रम गर्न पाइदैन । कोरोनाको जोखिम बढ्ने भन्दै लामो समय मुलुकभरका धार्मीक स्थल बन्द भएका कारण अहिले सामुहिक रुपमा गर्ने धार्मीक कार्यक्रम पनि बन्द भएका छन् ।

काठमाडौको पशुपतिनाथ मन्दिर लगायतका स्थानमा अब धार्मीक स्थल खोल्नुपर्छ भन्दै विरोध सुरु भएको छ । स्वास्थ्य सजगता अपनाएर धार्मीक स्थल खोलेर धर्मावलम्बीहरुलाई दर्शन र पुजा गर्न दिनुपर्ने माग उठ्न थालेको छ । केही दिन अघि पशुपतिनाथ मन्दिरमा शिव सेनाले विरोध समेत गरेको थियो ।

बुटवलको एउटा देवीको मन्दिरमा पुगेकी १९ वर्षकी किशोरीले देशभरका मन्दिर खोल्न भन्दै आफुलाई देवीले आदेश दिएको दावी गरेकी छन् । आफुलाई धर्ती माता भन्ने विष्णु कुँवरको संरक्षणमा बसेकी जमुना नाम गरेकी १९ वर्षकी किशोरीले आफुलाई मन्दिर संचालन गरेर पुजा सुरु गर्न देवीले आदेश दिएको दावी गरेकी हुन् । वुटवल स्थित एउटा देवी मन्दिरमा पुगेकी ति युवती अचानक काँप्न थालेपछि देख्नेहरु पनि अचम्म परेका थिए ।

यो मन्दिर खोल, मलाई अगरबत्ती जलाईदेउ भन्दै युवती काँप्न थालेपछि धर्ती माता(विष्णु कुँवर) लगायतको आग्रहमा मन्दिर खोलेर ति युवतीलाई दर्शन गर्ने अनुमति दिइएको थियो । विए पढ्दै गरेकी युवतीले आफुलाई देवीले दर्शन दिएर मन्दिर सञ्चालन गर्न आदेश दिएको बताएकी छन् । आफुले त्यसपछि के भनेँ र के गरेँ भन्ने कुरा समेत थाहा नपाएको उनको भनाई छ ।

यी युवतीले यस अघि पनि आफुलाई विभिन्न मन्दिरमा दर्शनका लागि जाँदा यस्तै काँप्ने समस्या भएको बताइन् । उनले भनिन्, पहिला पनि म मन्दिर जाँदा यसरी नै काँप्ने गर्थे, नेपाल र भारतका अस्पतालमा समेत उपचार गराउँदा डिप्रृशन भएको भनेर औषधी पनि खुवाइयो । तर मलाई सञ्चो भएन । विष्णु कुँवर (धर्ती माता) को शरणमा आएपछि मलाई निको हुँदै गएको छ । अहिले आफ्नो शरिरमा कुनै समस्या नभएको आफु स्वस्थ्य भएको बताइन् ।

Related Articles

Back to top button
Close