समाचार

नारायणगढ–नौवीसे सडक खण्डमा आयो दुखद खवर

पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ । आज साँझ ६ः३० वजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो रातिनै पन्छाउने प्रयास गरिनेछ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

साँझ सातबजे बाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिनुभयो । दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ ।

काठमाडौंबाट मकवानपुर जाँदै गरेको जीपमा पहिरो बस्दा एक जनाको मृत्यु भएको छ।मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार बुधबार इन्द्रसरोवर गाउँपालिका-२ देउरालीमा बा १७ च ४८७४ नम्बरको स्कोर्पिओमाथि ढुङ्गामाटो सहितको पहिरो खसेको हो।पहिरोले पुरिएपछि चालक बारा पर्सौनी गाउँपालिका-४ का ४० वर्षीय युनिश आलमको मृत्यु भएको हो।डिएसपी रानाका अनुसार उनको घटनास्थलमै मृत्यु

भएको थियो। शव पोष्टमार्टमको लागि हेटौंडा लगिएको छ।बाँके। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममाबर्दियाको बारबर्दियानपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ ले बुधबार बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए।यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो।

Related Articles

Back to top button
Close