मैले कुलमानका पक्षमा बोल्नेलाई एकपाखे भनेको हुँ, ‘पाखे’ होइन : सूर्य थापा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाह कार सूर्य थापाले एक अन्तर्वार्तामा आफूले बोलेको शब्दलाई अप व्याख्या गरेर दु’ष्प्रचार भइरहेको बताएका छन् । ‘प्राइम टाइम्स’ टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा आफूले ‘एकपाखे’ शब्द प्रयोग गरेको तर त्यसलाई वि’रोधी पक्षले अ’तिर ञ्जित गरी ‘पाखे’ भनेर दु’ष्प्रचार गरिरहेको थापाको दा’बी छ।
अन्तर्वार्तामा उनले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू एकपाखे हुन् भनी टिप्पणी गरेका थिए। तर यसलाई् आफूप्रति दु’राशय राख्ने व्यक्तिले अर्कै बनाएर कु’प्रचार गरिरहेकाले भ्र’ममा नपर्न भन्दै सल्लाहकार थापाले बुधबार ट्विटरमार्फत आग्रह गरेका हुन्।
‘मैले पाखे भनेको भनेर एकथरी दु’राशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘एकपाखा तिरको कुरा गरेर अर्को पट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तो’डमरोड गरी दु’ष्प्र’चार गर्ने प’रिचालित तत्वहरूको भ्र’ममा नपर्न आग्रह गर्दछु।’