समाचार

पाल्पामा पहिरोले ३ घर पुरियो, गर्भवती महिलासहित ६ जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ३ घर पुरिएको छ । बिहान गएको पहिरोमा परि ३ घर पुरिँदा १ जना गर्भवती महिलासहित ६ जना बेप:त्ता भएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले लोकान्तरलाई जानकारी दिए ।

रम्भा गाउँपालिका वडा नम्बर २ को फोक्सिङकोटस्थित घर माथिबाट खसेको पहिरोमा परेर ३ घर पु:रिएको उनले बताए ।गाउँपालिका अध्यक्ष भण्डारीले लोकान्तरलाई भने, ‘ हामी पैदलमार्ग हुँदै घटनास्थलतर्फ जाँदै छौं, हिंडेको डेढ घन्टा हुनै लाग्यो, अझै १ घन्टा लाग्छ ।’

घ;टनास्थलमा पुग्नका लागि सडकमा पहिरो जाँदा ढिलाई भइरहेको जिल्ला प्र;हरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीले लोकान्तरलाई बताए ।

उद्दारका लागि प्र:हरीको टोली गएको भएपनि बाटोमा पहिरो गएकाले बीचबीचमा अ:वरोध भएको उनले बताए ।

उनले भने, ‘पहिरो पन्छाउँदै टोली अगाडि बढिरहेको छ, घ:टनास्थल पुग्न केही समय लाग्छ ।’

Related Articles

Back to top button
Close