समाचार

को,रोना जितेकी नर्सले लेखिन स्वास्थमन्त्रीलाई यस्तो खुला पत्र… के छ त पत्रमा ?

कमल कालाखेती, चितवन । सेवा गर्दागर्दै कोभिड १९ संक्रमण भई हाल कोरोनामुक्त भएकी नर्सको माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यूलाई खुला पत्र लेख्नुभएको छ । उहाँ आफू आफ्नो कर्तव्य निभाउँदै गर्दा दिन रात नभनीकन देश र जनताको सेवा गरिरहँदा कति बेला कोरोना सक्रमण भयो थाहा नै भएन ।

उहाँसहित घरको अरु दुई जानालाई पनि संक्रमण भैइसकेको रहेछ पछी २८ दिन लामो होम आइसोलनमा बसि कोरोनामुक्त भएपछि उहाँले माननीय स्वास्थ तथा जनसंख्या मन्त्रीज्युलाई खुला पत्र लेख्नुभएको छ । हेर्नुहोस् जस्ताको तस्तै-

“श्री माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यु
स्वास्थ तथा जनसंख्या मन्त्रालय रामशाह , काठमाडौं ।

बिसयः स्तरबृद्दी सम्बन्धमा।
माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यु खुला पत्र मार्फत आफ्नो समस्या लेख्न परेकोमा क्षेमाप्रार्थी छु। म बिगत ६ बर्स देखि लोक सेवा आयोग हेटौंडा बाट सिफारिस भै सुरुको डेढ बर्स राकसिराङ्ग मकवानपुर र बाकी साडे चार बर्स रत्ननगर नगरपालिका अन्तरगत को पिठुवा स्वास्थ चौकी मा कार्यरत रहदा रहदै हाल को कोरोना भाईरस बाट संक्रमण भई हाल केही दिन आगाडी मात्र संक्रमण मुक्त (नेगेटिभ) भई हजुर लाई यो खुला पत्र लेख्न गैइरहेकी छु।

आफ्नो सेवा गर्ने सिलसिलामा माहामारी कोभिड १९ प्रभावित भए पनि आगामी दिनमा पुन आफ्नो सेवा दृढता पुर्वक गर्न तयार रहेको ब्यहोरा अनुरोध गर्दै आफुलाई पर्न गएको स्वास्थ सेवा बिभाग को अन्याय पुर्णकार्यको माननीय मन्त्री ज्यु समक्ष पेस गर्दै हजुर बाट न्याय पाउने अपेक्षा सहित यो खुला पत्र लेख्दैछु।

स्वास्थ सेवा ऎन २०५५ बमोजिम स्वास्थ सेवाका ४, ५, ६ तहका कर्मचारी ले पाच बर्स सेवा अबधी तथा १ बर्स अति दुर्गम वा २ बर्स दुर्गम क्षेत्रमा कार्य गरेका कर्मचारी हरु लाई स्तरबृद्दी गरिनेछ भनेर कानुन मा प्रस्ट ब्याबस्था छ। मैले एन बमोजिमको दुर्गम क्षेत्रमा ५ मात्र हैन ६ बर्स कार्यगरी सकेकी छु।

विशिष्ट श्रेणी मा प्रमाणपत्र तह तथा द्वतिय श्रेणीमा बाणिज्य सास्त्रमा स्नातक तह समेत उतिर्ण गरिसकेको छु। तथापि के कारण हो मेरो स्तरवृद्धि हुन सकेको छैन। यो पत्र मार्फत माननीय ज्यु मा अबगत भई कानुनत पाउने स्तरबृदी पाउन सकेमा म र म जस्ता स्तरबृद्दि पाउन बाट बन्चित स्वास्थ कर्मी मा हौसला प्राप्त भै सेबा गर्ने अबसर प्राप्त हुन्थ्यो भन्ने अपेक्षा सहित आफ्नो खुल्ला पत्र अन्त्य गर्दछु। धन्यबाद

निर्दोशि घिमिरे
अ न मि पिठुवा स्वास्थ चौकी रत्ननगर नगरपालिका रत्ननगर, चितवन ।”

Related Articles

Back to top button
Close