समाचार

ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना सं,क्र,मण

काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस सं,क्रमण पु,ष्टि भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार आएको रिपोर्ट पोजेटिभ भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले रातोपाटीलाई जानकारी दिए ।

प्रवक्ता महर्जनले मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको जानकारी पनि दिए ।

नागार्जुन आइसोलेसन सेन्टरलाई व्यवस्थित बनाउन नेता श्रेष्ठको पहल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताउनुभएको छ ।

शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको छ । सो आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन नभएको भन्दै स्थानीयवासीको गुनासो सुनेपछि प्रवक्ता श्रेष्ठले आफूले सरकारलाई आवश्यक जानकारी गराउने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

Related Articles

Back to top button
Close