समाचार

अर्घाखाँचीमा २० घर पहिरोले बगायो

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ।

शितगंगा नगरपालिका-१२ को जख्रेगैरा, पहरेपानी, मैदान लगायतका स्थानमा जमिन भासिएर माथीबाट पहिरो खस्दा २० घर र २० घरका गोठ सम्पूर्ण पहिरोले पुरेको घटनस्थलबाट वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए।

पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। पहिरोले घर पुरेपछि २० घरका एक सय भन्दा बढी मानिसलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

पहिरो खस्ने क्रम नरोकिएकाले घर पुरिने क्रम बढ्न सक्ने प्रहरीको भनाइ छ। गाउँका अन्य २० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन्।

स्रोत्:अन्नपुर्ण पोष्ट

Related Articles

Back to top button
Close