समाचार

भ,र्खरै प्यु,ठानमा रुहा,उने ख,वर ….

अर्घाखाँची : प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा डोजर चालकको मृत्यु भएको छ।

अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन डोजरबाट हामफालेका चालकलाई डोजरसँगै पहिरोले पुरेको र उनको घटनास्थलमै ज्यान गएको डिएसपी मल्लले जानकारी दिए।

डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

Related Articles

Back to top button
Close