समाचार

रा,जेन्द्र ले गरेकोे प्र,गति देखेर ज,लेका थिए ।। यस्तो म,हापाप

१३ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले स’ञ्चालन गरेको पोखरीका वि’ष हालेर मा’रेको पाइएको छ ।उनको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बि’ष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन् । पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ । तर पोखरीमा कहाँबाट कसले बि’ष हालिदियो भन्ने अझै खुलेको छैन ।

‘माछालाई दाना दिन भनेर मेरो बुढी पोखरीमा पुग्दा धेरैजसो माछा उत्तानो पल्टेको देखेपछि चिच्याउँदै मलाई सुनाइन्,’ श्रेष्ठले भने, ‘मैले स्थानीयलाई फोन गरेर बोलाएँ ।’तत्कालै स्थानीयले मिलेर पोखरीबाट माछा झिक्दासम्म ३ सय ४० वटा माछा म’रिसकेको थियो । ‘पोखरीको सबै पानी फालेर नयाँ पानी हाल्यौ, नमरेका माछा बाँच्छ कि भनेर फेरि पोखरीमा राख्यौ र नुन पनि हालिदियौ तर पछि सबै म¥यो,’ श्रेष्ठले भने । मरेको सबै माछा प्राविधिकको सल्लाह अनुसार खाल्डो खनेर पुरेको उनले जानकारी दिए ।

बुढीगण्डकी पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर विगत तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लागेका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउर माछाको ६ सय भुरा ल्याएर उनले पोखरीमा हालेका थिए ।

‘दशैं‌को फुलपातीमा माछा झिकेर बेच्ने योजना थियो, गाउँलेहरुले पनि यसपाली लोकल माछा चाख्ने भनिरहेका थिए, तर सबै सपना ख’रानी भयो,’ श्रेष्ठले भने । उनको पोखरीका माछा ८ सय ग्रामदेखि एक किलोसम्मको भइसकेको थियो ।

माछा पालनका लागि उनले चार लाख रुपैयाँ खर्चेर दुई वटा पोखरी निर्माण गरेका थिए । दाना र माछाको भुराका लागि मात्र अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।

दशैंमा माछा बेचेर करिव एक लाख नाफा कमाउने उनको लक्ष्य थियो । ‘माछा नमरेको भए दशैमा बेचेर नाफा मात्र एक लाख हुन्थ्यो तर कसले पोखरीमा बि’ष हालेर सखाप बनाइदियो,’ श्रेष्ठले भने ।
उनले टोल सुधार समिति, वडा कार्यालय र घ्याल्चोक प्रहरी चौकीमा उजुरी दिएका छन् । प्रहरीले घ’टनाको छानबिन भइरहेको बताएको छ । २८ रोपनी जग्गा भाडामा लिएर श्रेष्ठले आप, लिची, एभोगाडो, केरालगायतका खेती गर्दै आएका छन् ।

कोरोना सं’क्रमण भएका कारण श्रेष्ठ अहिले होम आइसोलेसनमा छन् । यही असोज ९ गते उनलाई कोरोना देखिएको थियो । घर बाहिर निस्कन नपाउँदा पनि यो समस्या आएको उनको भनाइ छ ।

Related Articles

Back to top button
Close