मन्दि,रभित्र ला,शको रुपमा फेला परेकी सम्झ,नामाथि यतिसम्म भएको रहेछ, सबै प्र,मा,ण भेटियो
काठमाडौं । बझाङमा एकपटक फेरि सबै नेपालीहरुलाई रुवाउने घटना भएको छ ।
कञ्चनपुरकी निर्मला पन्तको परिवारले न्याय पाउन सकेको छैन । निर्मला पन्तको प्रकरणले नेपालको अन्तराष्ट्रिय रुपमा नकरात्मक तरिकाले चर्चा भइरहेको छ । यो बीचमा बझाङमा यस्तै प्रकृतिको अर्को घटना बाहिर आएको छ ।
प्रहरीले सम्झना कामी प्रकरणमा संलग्नलाई सार्वजनिक गरेको छ । यस प्रकरणमा संलग्न २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरिएको हो ।
यही असोज ७ गते मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया कामीको लाश फेला परेको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको लाश स्थानीय शिव मन्दिरभित्र आपत्तिजनक अवस्थामा फेला परेको थियो ।
बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि यस्तै गलत्त काम गरेको आरोप लगाइएको छ । सोही ठाउँकी १३ वर्षीया बालिकामाथि उनले गलत्त काम गरेर मिलापत्र गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले घटना घटनाएको सबै प्रमाण रहेको जिकिर गर्नुभयो । बोहराले भने सो विषयमा मुख खोलेका छैनन् ।
सबैको जानकारीको शेयर गर्नुहोस !!!