समाचार

रोल्पामा रुहाउने खवर : मोबाइल चार्जमै राखेर भिडियो हेर्दा

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं – रोल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपाली रहेका छन् ।

उनको बिहीबार मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर मृत्यु भएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला निलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेपछि गम्भिर घाइते भएका उनलाई उपचारको लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बिहीबार मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर मृत्यु भएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला निलाई करेन्ट लागेको बताइएको छ ।

Related Articles

Back to top button
Close