समाचार

भर्खरै थपियो दुखद खवर

विराटनगर : मोरङका मोटरसाइकलले ठ’क्कर दिँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ६१ प २५०२ नम्बरको मोटर साइकलले ठ’क्कर दिँदा स्थानीय ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृ,त्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए।

उनका अनुसार शनिबार राति ९:२० बजेतिर मोटरसाइकलले ठ’क्कर दिँदा कमल ग’म्भीर घा’इते भएका थिए । उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृ,त्यु भएको हो । मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आज बुल मियाँ फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

यसै बीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेमा भएको यात्रु बहाक बस दु’र्घटनामा परेर पाँच जना घा’इते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस अ’नियन्त्रित भएर सडकमा पल्टिँदा दु’र्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । दु’र्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललि माया खातुन र झापा दमककी ४५ वर्षीया आस्मा माया घा’इते भएका छन्।

घा’इतेमध्ये रमेश, सुमी र विनेशको अवस्था ग’म्भीर रहेको छ। उनीहरुको न्युरो अस्पताल विरानगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक झापा गौरीगञ्ज–६ का ४५ वर्षीय मनोजकुमार महतोलाई नियन्त्रणमा लिएर दु’र्घटनाको अनुसन्धान थालिएको जानकारी बेलबारी प्रहरीले दिएको छ। तस्बिर : अन्नपूर्ण पोस्ट

Related Articles

Back to top button
Close