समाचार

बाईकमा लिफ्ट मागेर हिँडेकी यी युवतीको जीवनमा पत्याउनै मुस्किल पर्ने घटना…

मलाइ बिहानै 8/9 बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे तिर हतारमा उठियो, मम्मिलाइ नि उठाएर आफ्नो लागि खाजा बनाउन लगाए किन कि कोरोनाको समय छ, सबै ठाउमा खाना नास्ता खाने जस्तो माहोल छैन, फ्रेस भए मम्मिले पकाउनु भएको नास्ता खाए, झोला तयार पारे यति गरुन्जेल ६ बजिसकेको थियो, मम्मिलाइ हतारमा ल अब हिडे भनेर बाइक निकाले एउटा काधमा झोला भिरे, बाइक स्टार्ट गरे घरको गेट बाट बाहिर निस्किए ।

घर बाट हिडेको केहीबेरामा खल्तिमा राखेको मोबाइलमा अलार्म बज्यो, सधै जसो म साढे ६ मा उठ्ने गर्थे तर आज म बाटोमा पुगिसकेको थिए, एक छिन रोकेर अलार्म बन्द गरे । अगाडी बढ्दै जाँदा अत्तरिया देखि अलि अगाडी स्याउले बजार भन्ने ठाउँ छ, एक जना भरत शाह दाइ बिहानै साइक्लिङ गर्दै थिए, दाइ नमस्ते भन्दै बाइक अलि स्लो गरे, दाइले भन्नू भो ओ हो भाइ तिम्रो उठ्ने समय भैसक्या हो ?? हास्दै भने परिस्थिति दाइ समय समयको खेल, कहिले ७/८ बजे सम्म सुतिन्छ कहिले ५ बजे हिडिन्छ, छर्लङ्ग उज्यालो भैसकेको थियो मलाइ नेपालगन्ज पुग्नु थियो समयमै, दाइ म लागे है ढिला हुन्छ भनेर अगाडी बढे, खुटियाको पुलमा पनि मर्निङ वाक गर्नेहरु हिडिरहेका थिए, बिहानको चिसो मौसम, सरर हावा खादै म नि अगाडि बढ्दै गए बनबेहडा, कुचैनी राजिपुर हुँदै मसुरिया पुगे, गाडीहरु नि खासै चलेका थिएनन, सडक खाली नै थियो मैले धान्न सक्ने स्पिडमा बाइक चलाउन कुनै कुराले अबरोध गर्ने जस्तो अवस्था थिएन ।

मसुरियाको थोरै अगाडि एक जना युवतीले हात दिएर बाइक रोक्ने इसारा गरिन । म दोधारमा परे बाइक रोक्ने कि नरोक्ने भनेर, जब नजिक पुगे मेरो हात र खुट्टाको दुइटै ब्रेक एकै पटक लागेको थाहा नै भएन, एक सुन्दर युवतीमा कति सम्म आकर्षण हुन्छ भन्ने कुरा त्यो बेला बुझे जब मैले नचाहदा नचाहदै मेरो बाइकको ब्रेक आफै लागेको थियो ।

गुलावी ओठ, खुइरो अँखा, ५.४ फिट जति हाइट, सिल्की कपाल, हेर्दै आकर्षक जिउडाल, धेरैमा ५ सेकेन्ड भित्र मैले सबै यी कुरा हेरेर भ्याइसकेको थिए । अनि मुसुक्क हाँस्दै सोधे हजुर भन्नुस, उनले उत्तर फर्काइन कता सम्म जानू हुन्छ मलाइ लग्दिनु हुन्छ ?

आफुलाइ त के खोज्छस काना अँखा भने जस्तै भयो, मेरो बाइकले नि हुन्छ भने जस्तै लाग्यो, एक सिट खाली छ लग्दिउ न भने भने जस्तै लाग्यो, बोक्ने त बाइक हो बाइकले नै हुन्छ भने पछि मेरो के लाग्यो र हुन्छ भने मैले नि आवाज निकाल्दै । उनले फेरि सोधिन कति टाढा सम्म सम्म भनेर मैले नेपालगन्ज भने, उनले खुसी हुँदै भनिन ए हो र ?

अनि मैले सोधे तपाईं का सम्म जाने , उनले उत्तर फर्काइन तपाईं जा सम्म लग्दिनु हुन्छ त्यहीँसम्म तर जाने त म नि नेपालगन्ज सम्मै हो, ए हो र ल बस्नुस म नि त्यहाँसम्म जाने हो, उनले फेरि सोधिन कसरी बसौ, तपाइलाई जसरी सजिलो हुन्छ त्यसरी नै बस्नुस, अनि हामी अगाडी बढ्यौं ।

अब बाइकको रफ्तार पहिले जस्तो रहेन, स्पिड चलाउदा उनको कपाल उडेर बिग्रीन्छ कि भनेर बिस्तारै चलाउदै थिए । कुरा गरे नि मजाले सुनिन्छ भन्ने तरिकाले चलाउँदै थिए, आफुले केही सोध्न सकेन, उनले केही सोधुन भन्ने चाहाना थियो, पहलवानपुर पुगिसक्दा पनि हामी दुवैबीच कसैबाट एक वाक्य पनि निस्किएन ।

बाटो तेस्तै त हो खाडलहरु आए ब्रेक लगाउनु पर्‍यो बाइक अझै स्लो भयो, उन्ले अनि बोल्न सुरु गरिन यो देशको बाटो कहिलै राम्रो नहुने भयो है सर भनेर, अ सधै यस्तै हो भने मैले नि । कुराकानीलाई अगाडी बढाउँदै मैले प्रश्न गरे, तपाई के गर्नु हुन्छ ? उनले भनिन म नर्स हो नेपालगन्ज मै पढेकी हुँ, उतै जब गर्छु अस्ति शुक्रबार घर आएकी थिए, अब फर्किदै आफ्नो काममा, अनि तुरुन्त मलाइ प्रस्न गरिन तपाईं के गर्नु हुन्छ ?

मैले नि रमाइलो पारामा भनिहाले राम्री नर्सहरुलाई लिफ्ट दिने काम गर्छु कहिले यता कहिले उता, मेरो कुरा सुनेर खुब खुलेर हाँसिन उनि, उनको त्यो हाँशोको अनुहार हेर्न साइड मिरर मिलाए । क्लियर नदेखिए नि अलि अलि देखिएकै थियो , उनले भनिन खुब हसाउनु भो, अनि मैले भने हास्नुस मजाले स्वास्थको लागि फाइदा नै हुन्छ । अनि मैले फेरि सोधे कति बर्ष भो तपाईं नेपालगन्ज बस्न लाको भनेर, ५ वर्ष भैसक्यो भनिन, अगाडि बढेकै थेउ हामी आफ्नै गतिमा …

एक छिन मौन भएपछि बाइकको स्पिड अलिक बढ्यो घोडाघोडी तालको बाटो हुँदै सुख्खड, सांढेपानी मुढा हुदै बर्दगोरिया अनि लम्की पुगियो, लम्किमा अलि बाइक स्लो भयो अलि भिडभाड भएकै कारण उनले प्रश्न गरिन् , नास्ता खाने कि , मैले भने चिसापानीमा खानु पर्छ।

उनले हुन्छ भनिन् अनि अगाडी बढ्यौं, मनमा कुराहरु खेल्न थाले अब चिसापानी पुगे पछि त फेस टु फेस कुरा हुन्छ, फेरी सोचे यति राम्री केटीको पक्का पनि बोइफ्रेन्ड होला, अब सुरुकै भेटमा सोध्नु नि भएन, नम्बर नि माग्नु भएन, फेसबुकमा नि नाम के पो छ, नाम त उन्ले सरस्वती भनेकी थिइन, तर फेसबुकमा त्यही नाम नहुन नि सक्छ, अनि आफै देखि आफैलाई प्रस्न गरे उनले त केवल लिफ्ट मागेकी हुन, फेरि यो सबै कुरा मलाइ किन चाहियो, नेपालगन्ज पुगे पछि उनी आफ्नो बाटो म आफ्नो बाटो किन सबै सोध्नु पर्‍यो, ह्या केही सोध्दैन अब भनेर म ढुक्क भाको थिए ।

चिसापानी पुगे, नास्ता खाउ अब रोक्नुस थाक्नु नि भयो होला उनले भनिन, मैले हुन्छ भने रोकिए, नास्ता खाने एक पसल भित्र गए, फ्रेस भएर बसे, बाइकको हावाले होला उनको कपाल बिग्रीसकेको थियो, गाजल अलि अलि बगेको थियो बाइकको हावा लागेर आँसु आएर होला, मैले हास्दै भने अनि गाजल र कपाल त उडिसकेछ त, अनि उन्ले हास्दै रोक्नुस म मुख धोएर आउछु भनिन, मुख धोएर आइन, अनि मौकामा जिस्काइहाले मेकअप भन्दा बिना मेकअपमा राम्री देखिनु हुने रैछ के, उन्ले हास्दै भनिन न हसाउनु न ।

उनले फेरि सोधिन तपाईं के गर्नु हुन्छ, मैले नि यहि मौकामा भनिहाले नर्सहरुलाइ फ्लर्ट गर्दै बस्छु, उनले हाँस्दै भनिन लास्टै कमेडी मान्छे हुनुहुदो रैछ, यस्तो हसाउने मान्छे पाउने वाला तपाइको वाइफ लास्टै भाग्यमानी हुन्छिन् होला । मैले नि मौकामा चौका मारिहाले, आज सम्म त्यो भाग्यमानी भेट्टिएकै छैनन, त्यो भाग्यमानीको भ्याकेन्सी खाली नै छ, अब मैले नि था त पाउनु पर्‍यो कि उनको बोइफ्रेन्ड छ कि नै भनेर, तपाईं जस्ती राम्री नर्स पाउने तपाइको बोइफ्रेन्ड पनि त भाग्यमानी नै हुन नि, अनि उनले हास्दै भनिन नहसाउनुस न सिधा सोध्नुस न मेरो बोइफ्रेन्ड छैन, ढुक्क भए हुन्छ, अनि मैले भने बोइफ्रेन्ड तपाइको छैन म कसरी ढुक्क हुने, अनि उनले फेरि भनिन भयो तपाईंलाई जित्न सकिन्न ।

मैले भनिहाले फेरि बोलेर त म जति कोहि सक्दैन, बोलेर म सङ्ग जित्ने केटि खोज्दैछु, उनले फेरि हास्दै भनिन सक्न त म सक्थे तर अहिले ट्राइ गर्न मन छैन, मैले नि मौकामा भनिहाले समयमै ट्राइ गरिहाल्नुस क्यारे अहिले भ्याकेन्सी नि खाली छ, उनले मेरो प्रस्नको उत्तर केही नदिएर हिन्नु अब भनिन, पैसा तिर्ने समय आयो मैले पैसा तिर्दैथे मलाइ पैसा तिर्न दिनु भएन, पछि कुनै दिन तपाइलाइ मौका दिन्छु भन्दै आफै तिरिन, अनि कर्णाली पुलको बिचमा पुगेको थिएउँ, बाइक रोक्न भनिन अनि गाडिमा यता उता गर्दा फोटो खिच्नै मिल्दैन एक दुई फोटो खिचेर जाउ न है भनिन अनि उनले आफ्नो मोबाइल बाट मेरो फोटो खिचिन अनि मैले मेरो मोबाइल बाट उनको, फोटो पछि म्यासेन्जरमा हाल्दिनु होला भनिन मैले हुन्छ भने अनि उनले आफ्नो फेसबुक आइडीको बारेमा सबै बताइन् ।

अब आर्मिको चेक पोस्ट आयो, मैले बाइक रोके, इन्ट्री गराएर आए, बाइक म चलाउ भनिन, मैले हास्दै भने भयो मलाइ मर्नु छैन, बाइक आफै चलाए उनी पछाडि नै बसिन, अनि उनले फेरि भनिन कस्तो कास्ट के तपाइको खडायत मैले पहिलो पटक सुनेको । मैले नि भने मेरो नामको पछाडि त राम्रै देख्या छ तपाइको नामको पछाडि ट्राइ गर्नुस न कस्तो देखिने रैछ ।

निकुञ्जको बाटो स्पिड लिमिट ४० भन्दा माथी चलाउन नमिल्ने, उनले अब सबै कुरा खुलेर गर्न थालिन सबै घरपरिवारको बारेमा भनिन उनले मेरो बारेमा सोध्थिन अनि म केही न केही बाहाना उनलाइ घुमाइहाल्थे, उनलाइ मेरो बारेमा यति मात्र था थियो कि म चक्र खडायत अनि नेपालगन्ज जादैछु, उनले लगभग त्यो निकुञ्जको बाटो मा सबै भनिसकेकि थिइन, भुरिगाउ पुगियो, अर्को चेकपोस्ट सुरु भयो बबै पुलमा बिस्तारै हिनेउ, उनका सबै गफगाफ सुन्दै थिए, तेस्पछी त यस्तो लाग्दैथ्यो एक रेडियो बोल्दैछ म सुन्दैछु, उनी सबै आफ्नै कुरा सुनाउनमा ब्यस्थ थिइन अनि कुनै कुनै बेला मलाई सोध्दैथिइन कि तपाईंलाइ मेरो कुरा दिक्क लाको त छैन, नाइ रमाइलो लाग्दैछ भनेर सुन्दैथे, बासगढी पुगे, अनि समान्य कुरा गर्दै हामी कोहलपुर पुगेउँ, अनि नेपालगन्ज पुगेउ ।

उनले धम्बोजिमा झर्ने कुरा गरिन, धम्बोजी पुगियो, उत्रेर सबै भन्दा पहिले मेरो नम्बर मागिन अनि अनि उन्ले फेरि सोधिज प्लिज भन्नू न तपाईं के गर्नुहुन्छ ? अनि मैले अब धेरै घुमाउन मन लागेन सिधै उत्तर दिए रिजनल म्यानेजर इन मेडिसिन कम्पनी, उनले लामो सोरमा भनिन ओ …… म्यानेजर हरु यति गफाडी हुन्छन है, के गर्नुहुन्छ को उत्तर दिन पुरै ३ घण्टा लगाउनु भो, नर्स नि का कम हुन्छन र भने एक छिन हासेउ, उनि अटोमा बसिन ल है बाइ भन्दै छुट्टिएर गइन, म नि आफ्नो बाटो लागे ।

म नि रुममा पुगे, नुहाएर फ्रेस भएर अब मोबाइल चलाउनु पर्‍यो भनेर मोबाइल चलाउन सुरु गरे, सुरुमै मेरो काम फेसबुकमा उनलाइ खोज्नु थियो, नाम टाइप गरेर सर्च गरे, फोटो देख्ने बित्तिकै चिनिहाले, लिभ इन नेपालगन्ज रिलेशनसिप स्टाटस् सिंगल, खुसी हुँदै तल स्क्रोल गरे, १ मिनेट अगाडी मात्र उनलाइ ट्याग गरेर उनको फोटो सहित एक पोस्ट गरेको थियो, “सरस्वती तिम्रो बैकुण्ठ बास होस, म छाङगा बाट खसे जस्तै भए, जस्ले ट्याग गरेर पोस्ट गरेकी थिइन उनलाइ तुरुन्तै म्यासेज गरे के भएको भनेर उनको रिप्लाइ आएन, किन कि उनी मेरोमा साथी नै थिइनन, बाटो भरी सङ्गै आइयो, जिन्दगिको के नै भर हुने रैछ र, एक छिन सम्म हाँस्दै रमाउदै गरेकी उनी बिलिन भएर गइन, मलाइ बिश्वास नै थिएन, मोबाइल नम्बर थियो फोन गर्ने आट नै आएन तपाईं को भनेर फोन उठाउनेले सोध्दा म सङ्ग उत्तर थिएन, छटपटाइरहेको थिए, यत्तिकैमा ट्याग गर्ने केटिको रिप्लाइ आयो accident भएर ।

मैले कसरी भनेर सोधे, उनको जवाफ आयो घर बाट आउदैथी धम्बोजी पुगे पछि अटोमा आउदा ट्रकले ठक्कर दिएछ, हस्पिटल सम्म नि लग्न पाएनौ, जिउ सिरिङ्ग भयो, अँखा बाट कति खेर आँसु आयो पत्तो नै भएन, अरु धेरै केही सोध्न मन लागेन, उनकी साथिले अर्को म्यासेज गरिन तपाईं को ? मैले म्यासेज सीन गरेर छोडे, उत्तर म सङ्ग थियो तर दिनै मन लागेन, जिवनमा धेरै मान्छेलाइ लिफ्ट दिइयो तर उनी सङ्ग त्यो वाटोमा बिताएका पल, उनको त्यो एकोहोरो बोलिरहने बानी, दैब पनि कस्तो रैछ यति सम्म निस्ठुरी हुने रैछ ।

चक्र खडायत
धनगढी

Related Articles

Back to top button
Close