समाचार

‘बारीमा सालको काठ कुहिएको छ, घरमा आल्मुनियमको झ्याल ?’

काठमाडौं : आफ्नो व्यक्तिगत जग्गामा भएको रुख उपभोग गर्न नपाउँदा कुहिएर गएको पारिवारिक निजी वनमा आवद्ध सदस्यहरुले गुनासो गरेका छन्। लालपुर्जा भित्रको अन्य खेती बाली उपभोग गर्न पाउने, कुकाठ कटान गरी प्रयोग गर्न पाउने तर साल, सिसौ लगायतको काठ उपभोगमा लगाइएको कानुनी बन्देज हटाउनुपर्ने माग उनीहरुको छ।

गोरखा नगरपालिका ८ का ज्ञानबहादुर कुँवरले खेती गरेको भए २२ रोपनीको जग्गामा ३५ मुरी सम्म घैया फल्थ्यो। उनले खेती गर्न छाडेको पनि धेरै वर्ष भयो। अहिले त्यहाँ जंगल छ, सालका रुख हुर्किएका छन् । तर उनले आफ्नो पुर्जा भएको बारीको साल रुख काट्न पाएका छैनन्। ‘आफैँले जोगाएको, हुर्काएको रुख प्रयोग गर्न पाए फेरि हुर्काउन हुन्थ्यो’ उनले भने ‘तर यसै जंगलमा ढलेर, कुहिएर सड्छ।’

‘साल हुर्काउँदै नयाँ बिरुवा उत्पादन गर्दै काट्न पाएको भए घर खर्च चल्थ्यो, ब्यापार ब्यवशाय हुन्थ्यो, औषधि उपचारमा पनि सजिलो हुन्थ्यो’ उनले थपे ‘लालपुर्जा भित्रको जंगल संरक्षण गर्दै उपभोग गर्छु भन्दा पनि पाइएन ।’ सोही ठाउँका विश्वराम कुँवरको २८ रोपनी जग्गा छ। उनीको पनि पुरै जग्गामा जंगल छ।

‘दुई हजार सालको रुख छ तर भूकम्प पछि नयाँ घर बनाउँदा आल्मुनियमको झ्याल हालेको छु’ उनले भने । निजी जग्गाको वन प्रयोग गर्न नपाउँदा संरक्षण नभएको, सालका रुखहरु कुहिने, सड्ने भएको तर प्रयोग र बिक्री गर्ने कानुनी आधार नहुँदा स’मस्या भएको उनले गुनासो गरे। आजको नागरिक दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close