समाचार

रहिनन् चर्चित स्टार: टि’कटक लाइभमै पे’ट्रोल ख’न्याएर आ’गो ल’गाइयो

काठमाडौं। चीनमा एक दुखद घ’टना भएको छ । टिकटक स्टारको एक नियमित लाइभ कार्यक्रममा भएको दु’र्घटनाले ज्या’न गएको छ । उनका पूर्व पतिले टिकटकमा लाइभ गर्नेक्रममा नै ती स्टारमाथि पेट्रोल ख’ना’एर आ’गो ल’गाइ दिएका थिए । त्यसपछि उनको ज्या’न गएको हो।

बेलायतको द मिररको अनलाईनमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक डोइनमा चर्चित थिइन् जहाँ उनका लाखौं फलोअर्स थिए।

स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगा’एको आ’गोबाट उनको शरिरको ९० प्रतिशत भाग ज ले को थियो । घट’ना भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको निधन भएको हो । घ’टनाले चीनमा महिलावि’रूद्ध हुने हिं’सालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको।

चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन् । टिकटकका प्रयोगकर्ताहरूले बिना मेकअप भिडिओ बनाएकोमा उनको प्रशंसा गर्ने गरेका थिए । उनको भिडिओमा लाखौंको संख्यामा लाइक्सहरू आउने गर्थे।

त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आ क्र म ण भएको जनाएको छ । पछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो। घट’नामा घा’इते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ।

चिनियाँ प्रहरीले घ’टनामा संलग्न भएको शं’कामा लामुका पूर्वपतिलाई प’क्रा’उ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । डेली मेलले लामुले सेप्टेम्बरमा उनले अन्तिम भिडिओ पोस्ट गरेको जनाएको छ। सो भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीतमा शुभकामना दिएकी थिइन्।

भोलिपल्ट आफ्नो नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन का’लो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताहरूले उनी चि’च्या’एको आवाज सुनेका थिए । त्यसपछि दुईदिन पछि उनी दिदीले घ’टनाको जानकारी दिएपछि उनीमाथिको आ क्र म ण भएको सार्वजनिक भएको थियो । तस्वीरमा टिकटक स्टार, श्रोत द मिरर

Related Articles

Back to top button
Close