समाचार

नेपालमा नै घट्यो यस्तो अचम्मको घटना जसले विश्व नै चकित, सबै गाउँलेहरु मिलेर यस्तो सम्म गरे

नेपालमा एउटा उखान खुबै चर्चामा छ । पैसा तिर्नु पर्दा अमृत पनि नखाने तर निःशुल्क पाए अलकर्ता पनि खाने । यस्तै, जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका गाउँलेले मासु खाएका छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर खाएका हुन् ।

जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक–एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा स्थानीयले मासु भाग लगाएका हुन् ।

वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ । घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’ उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए ।(फोटो फाईल)

Related Articles

Back to top button
Close