समाचार

कोरोना लागेकी नेकपा सचेतक शान्ता चौधरी लाइ स्वास प्रस्वासमा समस्या

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले स्वास प्रस्वासमा समस्या भइरहेको बताएकी छन्। कोरोना संक्रमण पुष्टि भइसकेपछि अस्पताल भर्ना भएकी चौधरीले फोन बोल्दा अक्सिजन कम भएको महसुस हुने र बोल्न अप्ठ्यारो भई थप समस्या आउने हुँदा म्यासेज गर्न पनि भनेकी छन्।

‘आदरणीय नेता गण तथा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरु म अस्पतालमा उपचाररत छु’ चौधरीले फेसबुकमा लेखेकी छन्, ‘उहाँहरुले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गरिरहनु भएको छ। म त्यसका लागि आभारी छु।’

उनले आफ्नो स्वास्थ्यबारे जानकारी फेसबुकमा नै गराइरहने पनि लेखेकी छन्। ‘स्वास प्रस्वासमा अलि कठिनाई भैरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रा समेत कम भएको महसूस हुन्छ,’ अस्पतालको बेडमा अक्सिजन लिइरहेको तस्विरसमेत पोष्ट गर्दै लेखेकी छन्, ‘त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनु भए आभारी हुनेछु। मेरो स्वास्थ्यको अवस्था यसै माध्यमबाट जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद।’

Related Articles

Back to top button
Close