समाचार

सरकार र डा. केसीको वार्ता सुरु

२२ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।

डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन्। अनसनको २४ दिनमा सरकारले बुधबार दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो ।

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गगन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् ।

त्यस्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको थियो । जसमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन्।

Related Articles

Back to top button
Close