समाचार

लकडाउनले मनवीरको परिवारलाई ओडारमा पु¥यायो, छोरा छोरीको पढ्ने सपना अधुरै

HOMEलकडाउनले मनवीरको परिवारलाई ओडारमा पु¥यायो, छोरा छोरीको पढ्ने सपना अधुरै

समाचार
लकडाउनले मनवीरको परिवारलाई ओडारमा पु¥यायो, छोरा छोरीको पढ्ने सपना अधुरै
By user 1 hour ago
The Show of CoverMe in Number 1 in Israel
She Was The Most Beautiful Girl In The World. Look At Her No…
She Was The Most Beautiful Girl In The World. Look At Her No…
Complete League of Angels Review
0
Shares
काठमाडौ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उहाँहरु बताउनुहुन्छ । मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएका छ । कोभिडले भएको पटक÷पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले बताउनुभयो ।

“दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ”, मनवीरकी श्रीमती उदाशियाले भन्नुभयो । उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए ।

आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उहाँले आफ्नो पी डा व्यक्त गर्नुभयो । चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन् ।

स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशिया बताउनुहुन्छ । ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । “जङ्गली जीवन बिताउँदै आएका कुसुण्डा, राउटेले जङ्गल छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ”, पुल्चोक निवासी डा एचबी क्षेत्रीले भन्नुभयो, “उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ ।”

गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ ।” शारीरिकरुपमा अशक्त भएकाले काम गर्न नसक्ने अवस्थामा छन् । गणेशको नागरिकता बनाएर अपाङ्गता परिचयपत्र दिलाउने प्रयास भइरहेको टोल विकास संस्थाले जनाएको छ ।

Related Articles

Back to top button
Close