समाचार

वडाध्य,क्षले डो,जर चा,लकलाइ बाटो इ,न्जिनि,यर बनाएर बा,टो खने : अ,न्तत आफै दु,र्घटनामा ज्या,न गु,माए

जाजरकोट जुनिचाँदी गाउँपालिका १ काे अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ ।सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको

ज्यान गएको प्रहरीलाई उदृत गर्दै उज्यालो सहकर्मी बालकुमार शर्माले जनाएका छन् ।दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिब हादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली केहीबेर अघिमात्र पुगेको छ ।

जिल्लाको जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा ठेकेदारसँग नेताले कमिसन आएको आरोप लागेको छ । कमिसनको लोभमा मापदण्डविपरीत निर्माण भएको सडकमा भएको दुर्घटनामा वडा अध्यक्ष लगायत स्वास्थ्यकर्मीको समेत ज्यान गएको छ ।

जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले सडक कमसल रहेको भन्दै आवाज उठाउँदै आएका पनि वास्ता गरिएको थिएन । यस्तो कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको ज्यान गइसकेको छ ।

Related Articles

Back to top button
Close