समाचार

गु,ण्डा नाइके राधे प,क्राउ

२३ असोज, काठमाडौं । धादिङका गु,ण्डा नाइके राधे भण्डारी प,क्राउ परेका छन् ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई ध,म्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई प,क्राउ गरेको हो ।जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले ध,म्की दिएको तिम्सिनाले अनलाइनखबरसँग बताए । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध प,क्राउ पूर्जी जारी भएको थियो ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा ह,तियारसहित पक्रा,उ परेका थिए ।

यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।

चरीलाई गोली हानेको घट,नामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्र,हरी इन्का,उन्टरमा मारिएका छन् ।

Onlinekhabar

Related Articles

Back to top button
Close