समाचार

स्कुटर मिनी ट्याक्टर मा ठोक्किँदा गोकुल को ज्यान गयो

धरान / स्कुटर र मिनी ट्याक्टर एक अर्का बिच ठोक्कीदा धरान -१४ का २५ वर्षिय गोकुल तामाङको मृत्यु भएको छ ।

(मंगलबार) बिहान करिब १० बजे धरान १५ स्थित त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि बसेका तामाङको मृत्यु भएको हो । दुर्घटना भए पछि घाइते बनेका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज ओलिले बताए ।

प्रहरीका अनुसार को १ च ८८०१ को मिनी ट्याक्टर र को ३० प १२९६ को स्कुटर ठोक्किएको हो । ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक र ट्याक्टर चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button
Close