समाचार

अविवाहित छु’ भन्दै झुक्याएर विहे गरे, बच्चा जन्मिएको एक महिनामै छोडेर भागे ! (भिडियो)

काठमाडौ। दागंकी प्रमिला बुढामगरले जिवनमा यस्तो समस्या आउला भन्ने सोचेकी थिइनन् । फेसवुकमा भेटिएका रोल्पाका एक युवकसंग उनको दिनहुँ कुरा हुन थाल्यो । रोल्पाका कृष्णबहादुर बुढामगरसंग उनको दिनहुँ कुराकानी हुँदा उनीहरुको प्रेम बस्यो । उनले आफु अविवाहित भएको बताएका थिए । फेसवुकमा भेटिएका ब्यक्तिको त भरोसा हुँदैन तपाई विवाहित हुनुहुन्छ होला भनेर प्रश्न गर्दा उनले आफ्नो भिनाजुसंग पनि परिचय गराएको बताएकी छन् । त्यती बेला कृष्णबहादुर साउदीमा थिए।

अविवाहित भनेर भनेका कृष्णसंग करिब ३ वर्षसम्म मोवाइल र फेसवुकमा कुराकानी भइरहेको थियो । उनले फोन र म्यासेजमा धेरै पटक भेट्न बोलाए । उनले आफु अविवाहित हो भनेर युवतीको घरमै आएर बुवाआमासंग मागेर टिका लगाएर लिएर गएका थिए । विवाह गरेर ७ महिना पछि आफु गर्भवती भएको बेलामा उनको पहिला नै विवाह भइसकेको थाहा पाएको बताइन् । मोवाइलमा सुनिताको आमा भनेर सेभ गरेको नम्बरवाट फोन आइरहने आफुले देखेपछि को हो भनेर सोध्दा उनले आन्टी हो भनेर झु टो बोलेका थिए । तर पछि उनी ति महिला श्रीमती नै हो भन्ने थाहा पाएको बताइन्।

Related Articles

Back to top button
Close