समाचार

भारतबाट २४ लाख रुपैयाँ र आधा किलो सुन चो’रेर नेपाली फ’रार, सिसि टिभीमा देखिए ३ जना

काठमाडौं। २ महिना अघि भारतको पंजाबको लुधियाना शहरमा एक घरमा घरेलु कामदारको रुपमा काम गर्न थालेका एक नेपालीले त्यो घरबाट २४ लाख भारतीय रुपैयाँ नगद र आधा किलो सुनका गरगहना चो’री गरेर फ’रार भएका छन् । उनले यो चो’री आफ्ना अन्य २ जना साथीसँग मिलेर गरेको पुलिसलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ ।

बुधबार गौरव नगर क्षेत्रमा रहेको घरमा ७० वर्षमाथिका २ जना वृद्धवृद्धा मात्रै भएका बेला खेम बहादुर नामका नेपाली कामदारले चो’री गरेको बताइएको छ । उनले घरमा रहेका वृद्धवृद्धा, सुरक्षा गार्ड र अर्का एक जना ११ वर्षका घरेलु कामदारलाई बेहोस पारेर चो’री गरेर फ’रार भएका थिए । घरबाहिर जडान गरिएको सीसीटिभी क्यामेरामा उनीहरु तीनै जना देखिएका छन् ।

यी वृद्ध दम्पतीका छोरा होजियारी उद्योग चलाउने उद्योगपछि सन्दिप घइ त्यस दिन मोडल टाउनमा आफन्तको घरमा श्रीमती र छोराछोरी सहित गएका थिए । घइले घरबाट के–के चोरी भयो भन्ने पूरा विवरण बताइसकेका छैनन तर पुलिस स्रोतका अनुसार घरबाट २४ लाख नगद र आधा किलो बराबर सुनका गहना हराइरहेका छन् । अनुसन्धानमा खुलासा भए अनुसार यो परिवारले खेम बहादुरलाई काममा राख्नु भन्दा पहिले पुलिस भेरिफिकेसन गरेको थिएन ।

घइले घरमा चो’री भएको बिहान २ बजेतिर श्रीमती र छोराछोरीसँग घर फर्किएपछि मात्र थाहा पाएका थिए । घइका अनुसार उनले आफ्नो उद्योगमा काम गर्ने एक कामदारको चिनजानको आधारमा खेमबहादुरलाई काममा राखेका थिए। बुधबार राती उनी आफन्त को घरमा जानुअघि उनले घरका घरेलु कामदार र सुरक्षा गार्डलाई घरभित्र कसैलाई छिर्न नदिन भनेका थिए ।

Related Articles

Back to top button
Close