भिडियो

मामा माइजु भन्दै २ दिन घरमा बसेको चोरले घरबनाउन ठिक्क पारेको पैसा र श्रीमती दुवै लगिदियो, बच्चाको बिचल्ली.. (भिडियो हेर्नुस्)

काठमाडौ । साना छोराछोरी छोडेर श्रीमती हराइन् भन्दै बाँकेका उदय पुन मगर अहिले गाउँ गाउँ भौतारीएका छन् । एकछोरा र छोरी छोडेर श्रीमती हिडेपछि उनी उनको खोजीमा लागेका छन् । बाँके राप्ती सोनारी गाउँपालिका उदय ४ वर्ष देखि संगै थिए । विदेशवाट ४ वर्ष अघि आएर उनी घरमै बसेका छन् । उनी नेपालमै साना तिना काम गर्छन । कहिलेकाँही काठमाडौ पुग्ने र कहिले नजिकैको बजारमा मजदुरीको काम गर्थे ।

उनको श्रीमती घर नजिकै नास्ता पसल सञ्चालन गर्थिन । साथमा तरकारी पनि बेच्थिन् । संगै रहेकी श्रीमती पसलका लागि तरकारी किन्न जान्छु भनेर घरवाट हिडेकी थिइन् । अहिले सम्म फर्केकी छैनन् । गाउँकै एक अशोक चौधरी नाम गरेका युवक थिए । जो गाउँमा विभिन्न घरमा साना कुरा चोरेर हैरान पार्ने युवकसंग महिला गएको उनका श्रीमानको आरोप छ । गाउँका ति युवकले मामा माइजु भन्दै साइनो लगाएर केही दिन घरमै आएर बसेका थिए । घर आएर बसेका उनी अशोकले श्रीमती लगेको श्रीमानले बताए ।

मामा माइजु भन्दै दुई दिन सम्म हाम्रै घरमा बस्यो तर अहिले मेरै श्रीमती लिएर हिड्यो, उनले भने हाम्रो सम्बन्ध कहिल्यै पनि नराम्रो भएको थिएन । तर एक्कासी श्रीमती हिडिन् । नाताले त केही पर्दैनथ्यो तर मामा माइजु भन्दै आउँथ्यो । श्रीमती र ति अशोक संगै हराएकाले उसैसंग गएको हो की भन्ने शंका लागेको बताएका छन् । श्रीमती हराएपछि उनी अशोकको घरमा गएर पनि खोजी गरे । तर घर पुगेपछि थाहा पाए उसको घरमा केही रहेनछ । यस अघि झण्डै एक दर्जन पटक विवाह समेत गरिसकेको खुलेको बताएका छन् ।

त्यो युवक गाउँमा एक महिना अघि आएको थियो । दुई दिन आफ्नै घरमा बसेका थिए । उनी आएर दुई दिन बसेको एक साता पछि श्रीमती पनि हराएको बताए । श्रीमतीको विश्वास मानेर म गाउँतिर जान्थे, तर साँझ फर्किदा सम्म पनि त्यो केटा पसलमै हुन्थ्यो । तर मैले कहिल्यै अविश्वास गरिन् । पसलमा त जस्तो मान्छे पनि आउँछन् भन्ने लाग्छ । तर श्रीमती हराएपछि मात्र गाउँका मान्छेले तिम्रो श्रीमतीसंग जिस्किने गरेको बताएका थिए ।

Related Articles

Back to top button
Close