भिडियो

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन (भिडियोसहित)

क्रिस्चियन लगानीमा हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार वनेको भन्दै सोमवार नायक राजेश हमालको पुत्ला दहन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातका प्रश्न’ नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए । नेपाली समाजको विभेद र छुवाछुतको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।

हिन्दु विरोधी र चर्चवाट परिचालित ब्यक्तिलाई कार्यक्रममा वोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको यादवले वताए । ‘हिन्दु मात्र होईन, हरेक समाजमा विभेद र छुवाछुत छ। यसको मतलव हिन्दु धर्मले विभेद खडा गरेको भन्ने वुझाई गलत हो’– उनले भने। हिन्दु धर्मका कुनै पनि ग्रन्थले विभेद गर्न नसिकाएको वताएका उनले क्रिस्चियनको पैसा खाएर हिन्दुहरुलाई वदनाम गर्ने र हिन्दुत्वमाथि प्रहार गर्ने काममा हमालको संलग्नता प्रति आपत्ति जनाए ।

‘जातका प्रश्न’ नामको कार्यक्रम विभेद र छुवाछुत विरुद्ध नभई हिन्दु र हिन्दुत्व विरुद्ध सुनियोजित रुपमा सुरु गरिएको यादवको दावी छ । ‘हमाललाई नेपाली समाजका दलित र विभेदमा पारिएकाहरुको त्यति धेरै चिन्दा भए हिन्दु संस्कार धानेका गुरु र सन्तहरुलाई वोलाएर पनि यो कार्यक्रम गर्न सक्थे। उनीहरुले हिन्दु संस्कार र विभेदका विरुद्ध ग्रन्थमा उल्लेख भएका कुराहरु सुनाउँथे’ उनले थपे–‘तर, हिन्दु विरोधी र चर्चको पैसा खाएकाहरलाई कार्यक्रममा वोलाएर हिन्दुहरुको हुर्मत लिने काम भयो। यो आपत्ति जनक छ।’

राजेश हमाल नायक नभएर खलनायक भएको पछिल्लो घट्नाक्रमले पुष्टि गरेको यादवको भनाई छ । नेपाली समाजले नै मानिदिएका कारण नायक भएका हमालले त्यहि समाजप्रति कुठाराघात गरेको उनको आरोप छ । ‘हमालले जातका प्रश्न नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफि माग्नु पर्छ’ यादवले भने–‘त्यति मात्रै होईन, नेपाली समाजमा विग्रह पैदा गर्ने र हिन्दुत्व समाप्त पार्न षडयन्त्र पुर्वक सुरु गरिएको त्यो कार्यक्रम वन्द हुनु पर्छ।’

नेपाली समाजमा फाटो ल्याउनले र ८० प्रतिशतभन्दा वढि हिन्दुहरुको वसोवास रहेको देशमा उनीहरुलाई वदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउन यादवले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

source:nepalaaja

Related Articles

Back to top button
Close