समाचार

क्रि,श्चिय,नको पैसामा राजेश हमालको ‘जा,तको प्र,श्न’

काठमाडौं । अभिनेता राजेश हमाल विवादमा परेका छन् । उनले चलाएको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा ‘क्रिश्चियन एड नेपाल’ लगानी रहेको भन्दै उनको आलोचना भइरहेको छ ।

केही समययता ‘जातको प्रश्न’ कार्यक्रम चलाउँदै आएका उनी विवादमा परेका हुन् । नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य बढेको भन्दै चिन्ता जनाइएका बेला अभिनेता हमालले चलाएको ‘जातको प्रश्न’मा क्रिश्चियन एडको लगानी रहेपछि विवादमा परेको हो ।

नेपालका हुने गरेका जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम निर्माण गरिएको भनिए पनि उल्टै समाजमा जातीय द्वन्द्व ल्याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अभिनेता हमालको विरोध गरिरहेका छन् । उनले लिइएका अन्तर्वार्ताको कमेन्टमा पनि हमालको विरोध गरिन थालिएको छ ।

समाजमा टेलिभिजन शोले जातीय विभेद अन्त्य नगराउन भन्दै ति आलोचकहरुले शिक्षाको पहुँच बढाउँदै चेतनाको स्तर उकास्नु पर्ने बताएका छन् । सो कार्यक्रमप्रति युट्युब तथा फेसबुकमा आएका कमेन्टले पनि जातीय द्वन्द्वको गन्ध दिएको आलोचकको दावी छ ।

नेपालमा आर्थिकलगायतका प्रलोभन देखाएर हिन्दूहरुलाई जबरजस्ती क्रिश्चियन बनाउने कार्य बढेको भन्दै संसदमा पनि बारम्बार आवाज उठ्न गरेको थियो । क्रिश्चियन बनेमा रोगहरु निको हुने बताएका भिडिओहरु सामाजिक सञ्जालमा आइरहेका बेला क्रिश्चियन एड नेपालको लगानीमा चलाएको ‘जातको प्रश्न’का कारण अभिनेता हमाल विवादमा परेका हुन् ।

अभिनेता हमालले चलाएको ‘जातको प्रश्न’ कार्यक्रम समता फाउन्डेशनले ‘क्रिश्चियन एड नेपाल’सँग सहकार्य गरी उत्पादन गरेको हो । यो कार्यक्रम हरेक शनिबार साढे ६ बजे कान्तिपुर टेलिभिजनमा र समता फाउन्डेशनको युट्युब च्यानलमा हेर्न सकिन्छ । ती कार्यक्रममा उनले जातीय विभेद निम्त्याउने गरी कार्यक्रम चलाएको देखिँदैन । तर, जनस्तरबाट विरोध भइरहँदा अभिनेता हमाल मौन बसेका छन् । यसबारे समता फाउन्डेशन र अभिनेता हमालले कुनै प्रतिक्रिया दिएका छैनन् ।

jat.PNG

तर, उनको जातको प्रश्न कार्यक्रमबारे समाजमा पक्ष र विपक्षमा विचार आइरहेको छ । ‘राजेश हमालले आफ्नो महानायकको ताजको गरिमा बचाउन चाहन्छन् भने यस्तो विवादास्पद कार्यक्रमबाट चाँडोभन्दा चाँडो पन्छिनु उत्तम हुन्छ’, पत्रकार चिरञ्जीवि पौडेलले फेसबुकमा लेखेका छन् ।

यसबारे उनले थप लेखेका छन्, ‘नेपालमा छुवाछुतको समस्या पहिलेजस्तो डरलाग्दो अहिले छैन । तर पनि जातीय विभेदका केही अवशेषहरु बाँकी छन् । शिक्षामा बढ्दो पहुँचसँगै यो समाधान हुँदै जान्छ । एउटा क्रिस्चियन संस्थाले डलर खन्याएर छुमन्तर हुने होइन । क्रिस्चयन एडको प्रष्ट रणनीति छ, अल्पविकसित एव अविकसित देशहरुमा पसेर जातीयताको नारा उराल्न सहयोग गर्ने र धार्मिकर जातीय अल्पसंख्यकहरुलाई हातमा लिएर आफ्नो मिसन पुरा गर्ने । राजेश हमाललाई मोहरा बनाएर सञ्चालनमा ल्याइएको ‘जातीय प्रश्न’ भन्ने टेलिभिजन कार्यक्रम यही मिसनको एउटा कडी हो ।आवरणमा यो कार्यक्रमले जातीय छुवाछुतविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको छ । तर, अन्तर्यमा यसको अभिष्ट नेपालमा विभिन्न जातजातीबीच विद्वैष चर्काउँदै हिन्दू धर्मप्रति अनास्था फैलाउने नै हो ।’

तर, चिरञ्जीविको मतभन्दा फरक विचार अर्का पत्रकार तथा चलचित्र निर्देशक र समीक्षक दीपेन्द्र लामाको देखिन्छ । आफूले ‘जातको प्रश्न’का सबै शृंखला हेरेको र कतै पनि क्रिस्चियन धर्मको प्रचार गरिएको नपाइएको उनको भनाइ छ ।

यसबारे लामाले फेसबुकमा लेखेका छन्, ‘मैले ’जातको प्रश्न’का सबै शृंखला हेरेँ, कतै पनि क्रिस्चियन धर्मको प्रचार गरिएको पाइएन । त्यसैले यसमा कसको लगानी थियो भनेर रडाको मच्चाउन जरुरी छैन ।’

‘कुरै गर्ने हो भने, नेपालीलाई लिटो बनाउन सिकाएर कुपोषणबाट जोगाउने पनि क्रिस्चियन कुइरेनी दिदी नै थिइन् । खोज्दै गयो भने साबुनले हात धुन सिकाउने, कुष्ठरोगीलाई माया गर्न सिकाउने, पोलियो थोपा खान सिकाउनेहरु क्रिस्चियन नै थिए होलान् । त्यसैले क्रिस्चियन शब्द देख्ने बित्तिकै थरर्र काँपेर पक्लक्क बेहोस हुनु भएन । धेरैलाई लगानीकर्तासँग होइन दलितका विषयमा उठान गरिएका सवालदेखि असन्तुष्टि लागेजस्तो देखियो । म त भन्छु, यस्ता कार्यक्रम अझै धेरै बन्नुपर्छ । क्रिस्चियन होइन अलकायदाले लगानी गरे पनि मन्जुर’, लामाले फेसबुकमा लेखेका छन् ।

यी प्रतिनिधि प्रतिक्रियामात्रै हुन् । अहिले सामाजिक सञ्जालमा अभिनेता हमालको ‘जातको प्रश्न’को विरोध र समर्थनमा विचार आइरहेका छन् ।

Related Articles

Back to top button
Close