भिडियो

पल, एलिजा, दुर्गेश र ऋषि धमलाको ‘किन यस्तो भो’ भिडिओ सार्वजनिक

काठमाडौं, २३ असोज । चर्चित नायक पल शाह, नायिका एलिजा गौतम, दुर्गेश थापा र अहिलेका चलेका मोडल सुधिर श्रेष्ठ अभिनित ‘किन यस्तो भो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।

शुभ मिडियाको प्रस्तुति रहेको उक्त गीत सरोज ओलीको रचना हो । दीपक शर्माको संगति रहेको गीतमा दुर्गेश थापा, डेभिड शंकर र बेनिशा पौडेलको स्वर रहेको छ ।

भूपेन्द्र अधिकारीको सम्पादन, नवराज उप्रेतीको छायाँकन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको छायाँकन त्रिपुरेश्वरस्थितु दशरथ रंगशालामा गरिएको हो । भिडिओको निर्देशनपनि सरोज ओलीकै छ । गीतको अन्त्यतिर चर्चित पत्रकार ऋषि धमलाको पनि अपिरिएन्स देख्न सकिन्छ ।

भिडिओमा पूर्व राष्ट्रिय फुटबलर हरि खड्का कोचको भूमिका देखिएका छन् ।

Related Articles

Back to top button
Close