समाचार

छोराको अन्तिम संस्कार गर्न बेलायतवाट आएका बुवाको पनि निधन

काठमाडौ । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको निधन भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै निधन भएको हो ।उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

छोराको निधन संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज कोरोना पुष्टि भएको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Related Articles

Back to top button
Close