समाचार

नेकपा नेता भीम रावलले भने, पार्टीभित्र अनिष्ट हुँदैछ

काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्र अनिष्टको संकेत देखिएको बताएका छन् । पार्टी स्थायी कमिटीको निर्णयविपरीत हठातमा कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनुले पार्टीभित्र अनिष्टको संकेत हुन सक्ने उनले चेतावनी दिएका छन् ।

नेता रावलले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत पार्टीमा देखिएका विषयबारे आफ्नो धारणा राखेका हुन् । उनले लेखेका छन्, ‘नेकपा स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो।

निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ।समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्। देशहित ठूलो हो ।’

Related Articles

Back to top button
Close