समाचार

दशैंको मुखमा आफ्नो परिवारका मान्छे एकपछि अर्को गर्दै को’रोनाले मृ’त्यु हुदाको दर्दनाक पिडा !

मान्छेहरु भन्छन्, ‘को रोना रुघाखोकी जस्तो मात्र हो ।’ कतिपयले त को रोनालाई अनावश्यक अफवाह मात्र भन्दै हिँडिरहेका छन् । सामाजिक सञ्जालमा हेर्नुपर्छ, ‘को’रोना यस्तो, उस्तो’ भनी यसलाई हल्का रुपमा उडाएको देखिन्छ । अरुको के कुरा, हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सार्वजनिक रुपमा भन्छन्, ‘को रोनालाई तातोपानी र बेसार खाएर जितिन्छ ।’ यस्ता मनगढन्ते हल्लाले बजार पिटेको छ । त्यसैले सर्वसाधरण कोरोनासँग खेलाँची गर्दैछन् ।

एउटा भनाई छ, ‘अरुलाई पर्दा कुरा आउँछ, आफुलाई पर्दा ज्वरो आउँछ ।’ कोरोनाको मेरो भोगाई ठ्याक्कै यस्तै भयो ।

कोरोनाको कारण मेरो बुवाको मृ त्यु भयो । लगत्तै बुवाकै साथी । अनि अर्को साथीको भेना । एकपछि अर्को मृ’त्युको साक्षी बन्नुपर्दा म नराम्ररी अत्तालिएँ । घरमा रहेका बाँकी पाँच जना सं क्रमितलाई सम्हाल्न कति गाह्रो भयो होला ?

त्यसमाथि म आफै शारीरिक हिसाबले अ शक्त । इस्पाइनल इन्जुरीको कारण ह्वीलचियमा बसेर यताउता हिँड्नुपर्ने अवस्थाका । एकातिर कोरोनाबाट बुवाको मृ त्यु, अर्कोतिर घरमा एकपछि–अर्को सं क्रमित । घर नै तहसनहस हुँदा म कति विह्वल भएँ होला ? न म अरुका निम्ति केही गर्न सक्थें, न त आफुलाई जोगाउन नै ।

घरभरी संक्रमित हुँदा मलाई सं क्रमण हुने खतरा एकदमै थियो । यदि म पनि सं क्रमित भएमा अरुलाई भन्दा थप जटिल स्थिति आउने पक्का थियो । अर्कोतिर हामी जस्ता ह्वीलचियरमा भएकालाई अस्पताल सहज छैन । अस्पतालमा आउजाउ गर्न एकदमै मुस्किल छ । यस्तो अवस्थामा दाई र आफन्तले ठूलो बोझ उठाएर यो दसाबाट मुक्त भइयो ।

बुवा वितेको २० दिनपछि मात्र सो खबर हामीले आमालाई सुनायौं । किनभने उहाँ पनि सं क्रमित भएर आ’इसोलेसनमा हुनुहुन्थ्यो । जबकी ७५ बर्षको उमेरमा पनि बुवालाई कुनै रोग थिएन, सामान्य उच्च रक्तचापबाहेक । आमालाई भने अरु समस्या पनि थियो ।

मेरो बुवा बिरामी भएको वा थला परेको मलाई कहिल्यै सम्झना भएन । उहाँ जहिले तगडा । कुनै रोग नलागेको मान्छे । अस्पताल नै नगएको मान्छे । एकै पटक कोरोना लागेर अस्पतालको शैयामा पुग्नुभयो । र, त्यहाँबाट फेरी फर्कनुभएन ।

जबसम्म को रोनाले आफुलाई पिरोल्दैन, तबसम्म ‘यो केहीपनि होइन’ भन्ने लाग्छ । अरुले को रोनाको कुरा गर्दा ‘हावा गफ’ जस्तो लाग्छ । को रोना भ्रम हो र अनावश्यक रुपमा डर पैदा गरेको जस्तो लाग्छ । यस्तो अवफाहलाई मलजल गरिरहेका छन् कतिपय युट्युब र सामाजिक संजालले ।

स्वास्थ्यसँग जोडिएको यत्ति सं वेदनशिल विषय र विश्वलाई नै दुःख दिइरहेको को रोनाबारे हल्का टिकाटिप्पणी र भ्रम छरेको देख्दा उदेग लाग्छ । कतिपयले के पनि तर्क गरिरहेका छन् भने, विश्व स्वास्थ्य संगठनले को’रोनाको डर देखाएर पर्दा पछाडि अर्कै खेल खेलिरहेका छन् । कोरोनाको त्रास फिँजाएर भित्र–भित्रै मानव अंग तस्करी भइरहेका छन् । आखिर जे भनेपनि हामीलाई त्यसको प्रमाण चाहिएन । कसैले आएर मुख थुनिदिने पनि होइन । मनमा लागेको कुरा बोलिदिए हुन्छ । तर, यसले अरुको स्वास्थ्यमा कति गंभिर असर पर्नसक्छ भनेर सोच्नुपर्दैन ?

मानौं को रोना हल्ला मात्र हो र अनावश्यक डर देखाइएको हो भने संसारभरका मान्छेहरु मू र्ख हुन् ? वैज्ञानिक, चिकित्सक, लेखक, चिन्तक, नेता सबै उल्लु हुन् ? हामीले सोचेजस्तो कोरोना भ्रम मात्र भइदिएको भए संसारका मुलुकहरुले आफ्नो अर्थव्यवस्था नै तहसनहस हुँदासम्म किन ल कडाउन गरिरहे ?

हामीले कोरा कल्पना गरेजस्तो सामान्य कुरा होइन यो । सत्य के हो भने, कोरोना भाइरस लाग्नसाथ मान्छेको मृ त्यु हुन्छ भन्ने होइन । को रोना संक्रमित सबै गं भिर अवस्थामा छन् भन्ने पनि होइन । कोरोना एकबाट अर्को व्यक्तिमा सरेर उत्पात मच्याइरहेको छ भन्ने पनि होइन । तर, स्वास्थ्य स्थिति कमजोर भएका दी र्घरोगी, बुढापाका, बालबच्चा, सुत्केरी आदिलाई को रोनाको उच्च जो खिम छ । हामीले सानो खेलाँची गरिदिदाँ उनीहरुको जीवन सं कटमा पर्छ ।

को रोना लाग्दैमा सबैलाई लक्षण देखिन्छ भन्ने छैन । कसैलाई सामान्य लक्षण देखिन सक्छ र चाडै निको पनि हुनसक्छ । तर, कसैलाई भने गंभिर अवस्थामा पु¥याउँछ । कोरोना संक्रमितमध्ये २० प्रतिशतलाई जटिल संक्रमण हुने रहेछ ।

को रोनाले मेरो परिवारमा तह सनहस बनाइरहँदा म कस्तो मनो दशामा थिएँ भनेर अक्षरमा उतार्न सक्दिन । त्यो भोगाई मेरो जीवनकै विर्सनलायक रह्यो । म जुन स्थितिबाट गुज्रिएँ, त्यस्तो अरुलाई नहोस् भनी म केही सुझाव दिन चाहन्छु ।

१. हल्लाको भरमा वा अरुको लहलहैमा लागेर ‘को रोना केहीपनि होइन’ भन्दै लापरवाही नगरौं ।

२. घरभित्रै बसौं वा हिँडडुल नगरौं भन्ने कुरा भएन । सबैले आ आफ्नो कामधन्दा गर्नैपर्छ । तर, घरबाहिर निस्कदाँ सुरक्षाको पूर्ण विधी अपनाऔं । मास्क लगाउने, भिडभाडमा नजाने जस्ता कुरालाई पूर्णताका साथ पालना गरौं ।

३. आफ्नो लागि मात्र होइन, अरुको सु रक्षाको पनि ख्याल गरौं । आफुलाई सं क्रमणको लक्षण देखिए सु रक्षात्मक विधी अपनाएर बसौं ।

४. डरा उनुपर्ने वा आ तंकित हुनुपर्ने होइन । तर, त्यसो भन्नुको अर्थ जथा भावी गरौं वा ला परवाही गरौं भन्ने पनि होइन । ला परवाही गर्दा आफु मात्र होइन, आफ्नो परिवार र पुरा समाजलाई नै जो खिममा पारिन्छ ।

अनलाईन खबरबाट साभार गरिएको हो।

Related Articles

Back to top button
Close