समाचार

पोखरेलबाट खोसेर रक्षा मन्त्रालय वामदेवलाई !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्मा ३ नयाँ अनुहार ल्याएर रक्षा मन्त्रालयबाट ईश्वर पोखरेललाई हटाएका छन् । ११ औं पटकको यो मन्त्रिपरिषद् गठनमा रक्षा मन्त्रालय ओलीले आफैले हुन् ।

पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिदैै मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहेका उनको रक्षा मन्त्रालय प्रधानमन्त्री खोसेका हुन् । कार्यशैलीमाथि आलोचना हुन थालेपछि पार्टीभित्रको शक्ति सन्तुलनका लागि उनले सो मन्त्रालय खोसेको स्रोतको दाबी छ ।

ओलीले नेकपा महासचिव विष्णु पौडेललाई भने अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन्भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हालिरहेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आफ्ना विश्वासपात्र डा. युवराज खतिवडालाई चाहादा चाहादै पनि उनले गुमाएका छन् । त्यसको कारण हो उनको कार्यकाल थप्न राष्ट्रियसभामा पुनः ल्याउन नेकपाका अन्य नेताले साथ नदिनु । त्यसपछि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएको छ ।

केही दिनअघि मात्रै सर्वोच्च अदालतले गौतमलाई थप जिम्मेवारी नदिन आदेश दिएको छ । मन्त्री बन्न मिल्छ कि मिल्दैन भन्ने रिटबारे पनि सुनुवाइृ हुन् सकेको छैन् ।

मन्त्री बन्न सर्वोच्चले आदेश दिएको अवस्थामा खाली रहेको रक्षा मन्त्रालयमा बामदेवलाई नै ओलीले तान्ने हुन् की भन्ने धेरैले आँकलन गर्न थालेका छन् । सर्वोच्चले बाटो खोलेपछि आफैले राखेको रक्षा मन्त्रालय उनैलाइृ सुम्पिने उनको तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ ।source: Onlinemarg

Related Articles

Back to top button
Close