समाचार

वाइड बडीदेखि ल’डाकु राशनसम्म भ्र’ष्टाचारको फाइल खोलेर छानविन गरौं: विश्वप्रकाश शर्मा

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ठूला भ्र’ष्टाचार का’ण्डको गहिरो छानविन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने बताएका छन् । भ्र’ष्टाचारका फाइल खोल्न र का’रवाही गर्न सिंगो देशले माग गरि रहेको उनको भनाइ छ। वाइड बडी जहाज खरिदमा भएको अनियमितता देखि लडाकुको राशनसम्म छानविन गरिनुपर्ने शर्माले बताएका हुन्।

‘भ्र’ष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशको माग छ,’ बिहीबार ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘वाइड बडि, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत’ भ्र’ष्टाचारबारे गहिरोसँग छानविन गरी कारवाही अघि बढाउन दबाब बढाउनुपर्ने उनको भनाइ छ।

‘गहिरो छानबिन र कडा कारवाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं,’ शर्माले भनेका छन्। उनले गत मंसिरमा कांग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजना बारेको छोटो भिडिओ पनि ट्वीट गरेका छन् । हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब कमिसन बाँडेर खाएको र त्यसको प्रमाण पेश गर्न परे आफू तयार रहेको बताएका थिए।

त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति निकालेर बाबुराम भट्टराईलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिएका थिए। भट्टराईले भने छानविनका लागि उच्चस्तरीय र निष्पक्ष छानविन समिति बनाउनुपर्ने माग गरिरहेका छन्।

Related Articles

Back to top button
Close