समाचार

सरोज खनाललाई उ’त्कृष्ट प्रहरी अ’नुसन्धानकर्ता पुरस्कार

इनरुवा, ३० असोज । जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अ’नुसन्धान कर्ताको पुरस्कार हात पारेका छन। प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पुरस्कार प्र’दान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्रर्दशन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको हो । खनाल सुनसरी प्रहरीको कुशल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घ’टित विभिन्न घ’टनाको सू’क्ष्म अनु’सन्धानमा अ’नुसन्धानकर्ताका रुपमा खटिदै आएका कुशल प्रहरी अधिकृत हुन् ।

खनालसँगै देश भरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये बाट व्यवस्थापकीय तर्फ उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय पथरीमा कार्य रत प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक राकेश कुमार पोदार, तर्फ जो’खिमपुर्ण कार्य गर्ने प्रहरी चौकी मानेभञ्ज्याङमा कार्यरत प्रहरी जवान सुधा चौधरी पुरस्कृत भएका छन् ।

Related Articles

Back to top button
Close