समाचार

दुखद खबर: मृत्युसँग महिना दिन सम्म लडिरहे, तर आज बिहानै गयो प्राण !

काठमाडौँ – गत असोज १ गते मोटरसाइकलको ठक्करबाट घाइते भइ विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररत जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा निवासी मोहम्मद मुर्तजा अन्सारीका साँढे तीन वर्षीय छोरा सरिफ अन्सारीको शनिबार बिहान मृ-त्यु भएको छ । बालकलाई ज८प १८९३ नं.को मोटरसाइकलले ठक्कर दिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनको थप उपचारको लागि आर्थिक सहयोग गरिदिन मृ-तक बालकका काकाले शुक्रबार आग्रह गरेका थिए । तर, उपचार खर्च जुट्न नपाउदै उनको मृ-त्यु भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बालकलाई ठक्कर दिने जनकपुर उपमहानगरपालिका वडा नं. २ किशोरी नगरका लोभस झालाई शुक्रवारमात्र अदालतले एकलाख धरौटीमा छोडेको छ ।

बालक घाइते बनाउने झाले उपचारमा एक रुपैयाँ पनि सहयोग नगरेपछि पीडित परिवारले उनीमाथि मुद्दा चलाएकोमा सोहि मुद्दाको सुनुवाई गर्दै अदालतले उनलाई धरौटीमा छोडेको थियो ।

यता मृतक बालकका काका मोहम्मद मुस्तफाले आर्थिक अभावकाबीच पनि उपचारमा कुनै कसुर बाँकी नराख्दा पनि बच्चालाई जोगाउन नसकिएकाे बताए ।

असोज १ गते ज८प १८९३ नं.को मोटरसाईकलले वालकलाई ठक्कर दिदा घाईते वालकलाई तत्कालै जलेश्वर अस्पताल र पछि जनकपुर स्थित काव्या अस्पताल र त्यहा समेत उपचार सम्भव नभएपछि विराटनगर लगिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

वच्चालाई केहि दिन देखि ज्वरो समेत आएप्छि उनको अवस्था पुनः गम्भिर हुदै गएकोमा थप उपचारको लागि अन्यत्र लग्नु पर्नेमा घाईते वालकको परिवारले आर्थिक सहयोगको याचना समेत गरेको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close