समाचार

प्रचण्ड पुत्री रेणु दाहाललाई ‘पिर्के सलामी’ महंगो, गरिन् यस्तो गुनासो 

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पिर्के सलामीको चौतर्फी विरोध भइरहेको छ । अघिल्लो साता प्रहरी दिवसको अवसर जिल्ला प्रहरी कार्यालय चितवनमा मेयर रेणुले लिएको सलामीको विरोध भइरहेको छ । 

चौतर्फी विरोध भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी उनले आफ्नो इच्छा विपरित सलामी दिइएको गुनासो गरेकी छन् । 

यसबारे उनले भनेकी छन् :

माल्यार्पण गर्न जाँदा बीचमैं सलामीको लागि पिर्का राखिएको रहेछ । पिर्का देख्नेवित्तिकै मैंले आश्चर्य व्यक्त गरें । एसपीलाई सर यो नगरौं भनें । यो राम्रो होइन, राम्रो सन्देश जाँदैन, मलाई मन पनि पर्दैन भनेर नगरौं भन्दै ‘इग्नोर’ गरें । मैंले ‘इग्नोर’ गर्दा पनि एसपीले मानेनन् । मेरो आग्रह कार्यक्रममा उपस्थितहरुले पनि सुन्नुभएको छ । तर, एसपीले हाम्रो प्रोटोकल हो, नियम हो म्याम केही फरक पर्दैन अप्ठ्यारो मान्न पर्दैन भन्नुभयो ।

अघिल्ला वर्षहरुमा पनि गरिएको थिएन । सलामीको अत्तोपत्तो थिएन । तर, सोच्दै नसोचेको सलामी लिनुपर्यो । मेरो राजनीतिक जीवनमा सलामी भनेर पिर्कामा चढेको यो नै पहिलोचोटी हो । कुरिती, कुसंस्कार र सामन्तीप्रथाविरुद्ध लड्दै आएको मलाई ढोगीं मान, सम्मान, सलामीमा कहिल्यै र रुची र चासो छैन । तर, त्यो दिन आकष्मिक रुपमा भयो ।

Related Articles

Back to top button
Close