समाचार

इटहरीको बुढी खोलामा उमेशको लास जलाउने पेसा,यसरी कमाउछन पैसा

इटहरी । इटहरीको बुढीगंगा जमुना मुक्तिघाटमा दैनिक दर्जन हाराहारीमा लास जल्छन । त्यहाँ लास जलाउने ‘पेसा’ बनाएर बसेका छन संखुवासभाका ३० बर्षीय ठिटो उमेश कार्की । यसरी लास जलाएर र मसानघाटको रेखदेख गरेर आफ्नो जिन्दगी चलाउछन । विगत तीन वर्षदेखि उनको दैनिकी यही घाटको वरिपरि बितिरहेको छ ।

आर्थिक अवस्था कमजोर भए पछि बाल्यकालमै विदेशीएका उनी इटहरी आएको करीब ४ बर्ष भयो । श्रीमती र छोरी सहित अहिले यही मसानघाटको रेखदेख गर्ने पेसामा लागेका कार्की यो पेसामा असन्तुष्ट भने छैनन् । उमेश भन्छन ‘आफू मात्र भएको भए जे गरेर पनि बाँच्थें, तर मसँग अर्का मान्छेको जीवन पनि थियो ।’ अनि सुरु भएको छ घाट जिन्दगी ।

घाट परिपरि सरसफाई सँगै रुङ्ने काममा मासिक २० हजार रुपैयाँ कमाउछन । घाटमा मान्छे जलाउने काम समेत गर्छन । घाट बनाई दिएको १ हजार देखि १५ सय रुपैया समेत लिन्छन् । अहिले यही पेसाबाट उमेशको जिन्दगी बद्लिएको छ ।
हरेक दिन बिहान ३ बजे उठेर मसानघाट सफा गर्छन ।

मान्छे मर्नु र जलाइनु पक्कै राम्रो होइन । झन पेसा नै त्यही बनाउनु कम गाह्रो कुरा थिएन । हरेक समय अरूको लास जलाउने उमेश मसानघाट रुङ्ने गर्छन । कहिले कही मध्येरात सम्म घाटकै सरसफाई र लास घोच्न व्यस्त हुन्छन उमेश ।
कहिले रातको १२ बजे सम्म पनि लासलाई एक्लै जलाएको उनी बताउँछन ।

केहि चौधरीहरुको लास एक्लै मध्यरातमा जलाएको उमेशको कथन छ । उनी भन्छन ‘ तेह्थुमकी एक १६ बर्षीय युवतीको लाख जलाउँदा भने रातभर तर्साएको उनको भनाई छ । घाटमा डराउने मान्छेहरुलाई तर्साउछ उनी भन्छन् । मलाई डर लाग्दैन मसानघाटमा पनि रातभर बस्नु डराउनेहरुको लागि खेलाची हैन भन्छन् उमेश । यो घाटमा ४ जना प्रहरी समेत बस्छन् । उमेश भन्छन् प्रहरीहरु धेरै नै डराउछन त मलाई डर भन्ने पिटिक्कै लाग्दैन ।

सामान्य रूपमा मान्छे घाट र चिता भनेपछि डराउने गर्छन । हरेक दिन यही परिवेशमा बाँचिरहेका उमेश घाटसँगको डर नरहेको बताउँछन । उनलाई लास जलाउने कामको सुरुवातमा केही डर लागे पनि अहिले बानी भएपछि त्यस्तो केही नहुने बताउँछन । उनी भन्छन ‘मान्छेले घाटमा तर्साउने, भूतप्रेत हुने डराएन भने केहि हुदैन डरायो भने धेरै थोक हुन्छ ।’

दाउरा ठेकेदार

घाटमै बसेर मेहेनतमा रमाईरहेका उमेश पछिल्लो समयमा घाटको दाउरा विक्री पनि आफै गर्छन । ७ रुपैयाँ प्रतिकेजी दाउरा ल्याएर घाटमा राखेको भाडा मात्र मासिक १ लाख रुपैया तिर्ने गरेको उनी सुनाउँछन ।

काम नगरी खान नपाइने हुँदा जसरी भए पनि काम गरेँ । तर, काम गर्ने वेलामा मलाई कहिल्यै पनि डर लागेन । घिन र लाज नमानि आफु मसानघाटमा परिश्रम गरेर रमाईरहेको उनको तर्क छ । घिन र लाज मानेर पनि के गर्नु ? आफ्नो जीविकोपार्जनका लागि काम गर्नैपर्ने रहेछ । सुरु–सुरुमा शव जलाउने काम गर्नुपर्दा दुःख लाग्थ्यो । तर, के गर्नु खानका लागि भए पनि काम गर्नु परिहाल्यो । उनले थपे ।

मासिक ५० हजार कमाई

घाटमा काम गरेरै आफुले मासिक ५० हजार भन्दा बढि कमाई गर्ने गरेको उनी बताउँछन । पहिला तलब मात्र लिदा परिवार पाल्न समस्या भयो । अहिले लास जलाउने देखि जलाउने घाट तयार गरिदिदा मासिक ५० हजार भन्दा बढि कमाउने गरेको उनी बताउँछन ।

काममा खटाई भने ज्यादै धेरै भएको उनी बताउँछन । मेहेनत धेरै भए पनि आफ्नो काम प्रति सन्तुष्ट रहेको बताउने उमेशको परिवार खुसी साथ मसानघाट रुङ्ने पेसामा रमाईरहेका छन ।

Source:sancharpati.com

Related Articles

Back to top button
Close