रोचक

एक मिनेटको फरकमा सुमिताले जन्माइन तीन छोरा

बाँके। एक गर्भवतीले नेपालगञ्जमा एक मिनेटको फरकमा तीन शिशुलाई जन्म दिएकी छिन् । ती महिला सिस्ने गाउँपालिका वडा नम्बर ३, पोखरा, रुकुमकी ३१ वर्षिय सुमिता बोहोरा हुन् । सुमिताले एक मिनेटको फरकमा तिम्ल्याहा बच्चाको जन्म दिएकी हुन्।

सुत्केरी ब्यथा लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी बोहोराले मङ्गलबार दिउँसो एक मिनेटको फरकमा तीन वटा शिशुको जन्म दिएको अस्तालले जनाएको छ।

दिउसो १२ बजेर ३८ मिनेटमा पहिलो शिशु जन्माएकी सुमिताले १२ बजेर ३९ मिनेटमा दोस्रो र १२ बजेर ३९ मिनेटमा तेस्रो शिशु सकुसल जन्माएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएकोछ।

अस्पतालका अनुसार शल्यक्रियाबिना सुमिताले जन्माएका पहिलो बच्चाको एक केजी ४२० ग्राम, दोस्रो बच्चा एक केजी ४८५ ग्राम र तेस्रो बच्चा एक किलो ३६५ ग्राम तौल रहेको छ । अस्पतालका अनुसार सुमिताले जन्माएकी तीनवटै शिशु छोरा भएको र आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको। Kalapani बाट

Related Articles

Back to top button
Close