समाचार

ह’तियारसहित नेपाल प्रवेश गरेका भारतीयलाई गो’ली हानी नि’यन्त्रणमा लिइयो

बारा, ५ कात्तिक । अ वैध ह तियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई बारा प्रहरीले गो ली हा नी नि यन्त्रणमा लिएको छ ।

जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित सीमा क्षेत्रबाट मोतिहारी जिल्ला पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई नि यन्त्रणमा लिइएको बंकुलस्थित प्रहरी चौकी कचोर्वाले जनाएको छ ।

प्रहरी हवल्दार छोटेलाल प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल आउन लागेका कुशवाहामाथि शं का लागि रोक्न खोज्दा प्रहरीमाथि नै गो ली च लाएर भाग्न खोजेपछि फा यरिङ गरी नि यन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीको गो ली लागि कुशवाहाको दायाँ पाखुरामा चो ट लागेको छ । कुशवाहाले भाग्ने क्रममा चलाएको गो ली भने प्रहरीलाई नलागेको प्रहरी चौकी कचोर्वा बाराका प्रहरी हवल्दार नरसिंह नारायण यादवले बताए । यादवका अनुसार प्रहरीले उनको साथबाट एक थान पेस्तोलसहित पाँच राउण्ड गो ली ब रामद गरेको छ ।

Related Articles

Back to top button
Close