समाचार

Breaking:आज रातिदेखि नेपालमा लागू हुदैछ यस्तो नयाँ नियम, भारतलाई झट्का लाग्ने निश्चित

काठमाडौं । शुक्रबार मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले भोलिसम्म सबै तयारी सकाउने जानकारी आएको पराजुलीले बताए । ‘अब फुटबल र क्रिकेटका च्यानलहरु बन्द हुन्छन्,’ उनले भने,’सम्बद्ध च्यानलले क्लिन फिड गर्न समय माग्दा सरकारले दिएन, त्यसैले केही समय ३२ वटा विदेशी च्यानलमा ग्राहकले चित्त बुझाउनुपर्छ ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close