समाचार

महानवमीको दिन मुटु काप्नने दुर्घटना : घलेको ज्यान गयो

काठमाडौ । आइतवारको मध्यराती कारको ठक्करबाट ललितपुरको नख्खुमा एक युवाको निधन भएको छ। घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिँदा मोटरसाइकलका चालक सिरहा घर भएका २८ वर्षीय इलु घलेको निधन भएको हो। उनी ललितपुरको थकसीखेलमा बस्दै आएका प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय संजित परियार गम्भीर घाइते भएका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना आइतबार रातिको हो। दुर्घटनापछि कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close