समाचार

दशैं टिकाको दिन सडकमै बिते संगम …

काठमाडौं, १० कात्तिक । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–८ कर्करेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

दुर्घटनामा परि महोत्तरीका जिल्ला बर्दीबास नगरपालिका १४ का २३ बर्षीय संगम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै अर्का एक घाईते भएका छन् । घाइते हुनेमा मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको कमलामाई नगरपालिका–५ का २४ वर्षीय सौगात रायमाझी रहेको प्रहरीको भनाइ छ ।

मोटरसाईकल दुर्घटनापछि गम्भीर अवस्थामा रहेका कार्कीको उपचारकरो क्रममा सिन्धुली अस्पतालमा ज्यान गएको हो । घाइते रायमाझीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरु चडेको प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल बा १९ च ४३६३ नम्बरको जीपसँग ठक्कर खाँदा दुर्घटना भएको थियो ।

Related Articles

Back to top button
Close