समाचार

खुसी अरुले ल्याइदिने होइन, आफ्नो खुसी आफै खोज्ने हो ( पढनुहोस)

खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुसी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुसी निर्देशित हुन्छ । त्यसकारण खुसी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुसी र दृष्टिकोण एकआपसमा जोडिएको छ । दृष्टिकोणले खुसी दिने हो । खुसी एउटा यस्तो दृष्टिकोण हो जसले हामीलाई सन्तुष्ट दिन्छ ।

खुसी हुनको लागि कस्तो दृष्टिकोण बनाउनुपर्छ ?

पहिले आफू के चिजले खुसी होइन्छ, त्यो थाहा पाउनुप-यो। धेरै मानिसलाई खुसीको कारण के हो र के कुराले खुसी दिन्छ भन्ने कुरा नै थाहा छैन । आफू के कारणले खुसी हुन्छु भन्ने कुरा थाहा पाउनुपर्छ । त्यहाँबाट खुसी सुरु हुन्छ । मानिस आफूभित्रको खुसी थाहा नपाई बाहिर बाहिर खोज्दै हिँड्छ । अरुले जे भन्यो, त्यही कुरामा खुसी खोज्न थाल्छन् मानिसहरु । अरुले दिएको कुराले खुसी दिन सक्दैन । खुसी आफैंले सिर्जना गर्नुपर्छ ।

खुसीलालाई मूल्याङ्कन गर्ने विभिन्न तरिकाहरु छन् । उक्त अध्ययनको कुन साइजको नमूना थियो र कुन ठाउँमा गरिएको भन्ने पनि प्रश्न हो । नेपाल भौगोलिक, सांस्कृतिक रुपमा धेरै विविधता भएको देश हो । हाम्रो देशमा जस्तो विविधता संसारमा कतै छैन । त्यसकारण त्यो रिपोर्टले नेपाललाई प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन ।

विश्व खुसी दिवस (२० मार्च) को अवसरमा वेस्टन सर्च इन्स्टिच्यूट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकारी डा. रामचन्द्र लामिछानेसँग रातोपाटीका सुनिता न्यौपानेले गरेको खुसी संवाद :

नेपाली समाजको एउटा समस्या के हो भने आफूलाई पनि सम्मान नगर्ने र अरुलाई पनि सम्मान नगर्ने । प्रत्येक व्यक्तिले के ठान्नुपर्याे भने प्रत्येक नागरिक राष्ट्रपति र प्रधानमन्त्री जत्तिकै महत्वपूर्ण हुनुहुन्छ । प्रधानमन्त्रीलाई पनि घाम लाग्छ, सामान्य नागरिकलाई पनि घाम लाग्छ । दुवैलाई भोक लाग्छ । त्यसकारण कुनै पनि नागरिक कुनै पनि हालतमा देशको प्रधानमन्त्री र राष्ट्रपति जत्तिकै सम्मानित हुन्छन् । पहिलो सूत्र के राम्रो छ भनेर हेर्न जान्नुपर्याै । मान्छे भावनामा चल्ने खालको हुन्छ ।

त्यसकारण आफ्नो भावनालाई ख्याल गर्न सक्नुपर्छ । आफ्नो भावनालाई सबैभन्दा पहिले सम्मान गर्नुपर्छ । त्यो भनेको आत्मसम्मान हो । त्यसपछि बल्ल हामी अरुलाई सम्मान गर्न सक्छौँ । नेपाली समाजको एउटा समस्या के हो भने आफूलाई पनि सम्मान नगर्ने र अरुलाई पनि सम्मान नगर्ने । प्रत्येक व्यक्तिले के ठान्नुपर्याे भने प्रत्येक नागरिक राष्ट्रपति र प्रधानमन्त्री जत्तिकै महत्वपूर्ण हुनुहुन्छ । प्रधानमन्त्रीलाई पनि घाम लाग्छ, सामान्य नागरिकलाई पनि घाम लाग्छ । दुवैलाई भोक लाग्छ ।

त्यसकारण कुनै पनि नागरिक कुनै पनि हालतमा देशको प्रधानमन्त्री र राष्ट्रपति जत्तिकै सम्मानित हुन्छन् । उहाँको पनि एक भोट हो, सामान्य नागरिकको पनि एक भोट हो । त्यसकारण हरेक नागरिकले आफूलाई त्यो ठाउँमा राखेर हेर्नुपर्याे । म यो देशको सम्मानित नागरिक हुँ । यदि सबैले सबैको सम्मान गर्न सक्यौं भने त्यो व्यक्तिले गैरकानूनी काम गर्दा दश पटक सोच्छ । के सम्मानित नागरिकले यस्तो काम गर्छ ? आफैले आफैलाई प्रश्न गर्न थाल्छ ।

आम नागरिकहरु खुसी हुनका लागि के गर्नु जरुरी छ ?

आम नेपालीले खुसीको कारण बाहिर छ भन्ने ठानिरहेका छन् । राज्य व्यवस्थाले खुसी ल्याइदिन्छ कि भन्ने सोचिरहेका छन् । त्यस्तो हँुदैन । प्रत्येक व्यक्तिले आफ्नो खुसी आफैं खोज्ने हो । त्यो खुसी खोज्नको लागि सबैभन्दा पहिले आफूलाई सम्मान गर्ने– म केही हँु भनेर । मसँग पनि काम गर्न सक्ने शक्ति र क्षमता छ भनेर विश्वास गर्नुपर्छ ।

संसारको सबै मानिसमा मस्तिष्कको तीव्रता २६७ माइल प्रतिघण्टा हो । त्यो अमेरिकी युवामा पनि त्यही हो, नेपालीमा पनि त्यहि हो । त्यसकारण युवासँग जे जति स्रोत र साधन छन्, त्यो स्रोत र साधन भनेको मस्तिष्क हो, आफ्नो सम्मान र पहिचान हो । त्यो हामीसँग पनि छ । त्यो छ भनेर हामीले पहिचान गर्न सक्दैनौँ भने हामी खुसी हुँदैनौँ । अहिले हामीमा खुसीको कारण मभित्र छ र मेरो हो भन्ने हुनपर्छ ।

जस्तै, हाम्रो घर अगाडि बाटो पिच भयो । त्यसले कहिले पनि मानिसलाई खुसी दिदैन । सुविधा देला तर त्यो भनेको खुसी होइन । खुसी भनेको दृष्टिकोण हो । खुसी भनेको अनुभूति हो । त्यो अनुभूति जब व्यक्तिले आफूले आफूलाई सम्मान गर्छ, म पनि अरु सरह छु महत्वपूर्ण छु भन्ठान्छ, अनि मात्र ऊ खुसी भएको अनुभूति गर्दछ । जब उसले आफूलाई महत्वपूर्ण छु, भन्ठान्छ उसले हेर्न थाल्छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Related Articles

Back to top button
Close