समाचार

बडादसैंको दिन दुखद दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । बडादसैंको दिन आज भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनपुर नगरपालिका–८ बेरियरमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ प ९१३९ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो ।

मोटरसाइकलले मोरङ उर्लाबारीका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कञ्चननपुर नगरपालिका–४ का २५ वर्षीय मुकेश सिंहको पनि मृत्यु भएको छ ।

उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटना बिहान साढे ११ बजे भएको थियो ।

Related Articles

Back to top button
Close